coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘वार्ताका लागि सरकार सदैव तयार छ, तर दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुँदैन’

काठमाडाैं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने बताएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले शक्ति संचयका लागि हुने छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने पनि स्पष्ट पारे। बिहीबार आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसालाई बैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने दोहो-याए। मुलुकले यस अघि पनि हिंसा झेलेकाले त्यसको पुनरावृत हुने गरी कुनै पनि खालको गतिविधि सरकारले नगर्ने मन्त्री बाँस्कोटाको अडान छ।

बाँस्कोटाले कार्यकर्ताको रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका साथ पनि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको पनि बताए। उनले अनौपचारिक वार्ता सो समूहसँग विभिन्न कोणबाट भइरहेको स्वीकार गरे।

 

प्रकाशित: २ श्रावण २०७६ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App