मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

बिहिबार, ०२ साउन २०७६, १९ : १८ रितेश त्रिपाठी

वीरगन्ज– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ। 

भारतीय आयल कर्पोरेशन (आईओसी)ले मोतिहारी डिपोबाट पहिलो पटक पठाएको डिजेल बिहीवार साँझ बाराको अमलेखगन्जस्थित निगमको डिपोमा आइपुग्न लागेको छ। पाइपलाइनका योजना बिज्ञ शरद पौडेलका अनुसार डिजेलअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको छ। पानीपछि ‘टिज’ भन्ने रसायन (केमिकल) पठाएर पाइपलाइन सफा गरिएको छ। अब डिजेल भित्रिँदै छ। 

‘हाइड्रो टेस्टिङ्ग’ भनिने पानीवाला परीक्षण सफल भएपछि ‘आईओसी’ले डिजेल पठाएको नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए। मोतिहारीबाट हालिएको डिजेल बिहीबार साँझसम्म पाइपलाइनबाट निगमको अमलेखगञ्ज डिपोमा भित्रिन लागेको यादवले जानकारी दिए। ‘बुधवार मोतिहारीबाट डिजेल हालिएको छ, बेलुकासम्म अमलेखगञ्ज आइसक्छ’, उनले नागरिकसित भने, ‘त्यसपछि औपचारिक रुपमै उद्घाटन गरेर पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ।’ 

योजना कार्यालयका अनुसार पाइपलाइनको पेट्रोलियम फ्लो मापन उपकरण र नियन्त्रण कक्षको कम्प्युटर जडान गर्ने काम भइरहेको र यसबाहेक अरु सबै काम पूरा भइसकेको र केही दिनभित्र यो काम पनि पूरा भइसक्ने छ। भारतीय स्वाधीनता दिवसका दिन अर्थात आउँदो अगस्त १५ भित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम बनिरहेको निगमका अधिकारीले बताएका छन्। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला उनी र उनका भारतीय समकक्षी नरेन्द्र दामोदर दास मोदीले संयुक्त रुपमा स्वीच थिचेर योजनाको कार्यारम्भ गरेका थिए।

भारत बिहारको पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतिहारीबाट ६९ किमीको दुरी पर्ने बाराको अमलेखगञ्जमा रहेको निगमको डिपो पाइपलाइनबाट जोडिएको हो। नेपाल–भारत सीमामा रहेको वीरगन्जको शंकराचार्य द्वारमा रहेको प्रवेशबिन्दुबाट ३६.२०६ किलोमीटरको दुरीमा छ अमलेखगञ्ज डिपो। भारतीय सरकारको सहयोगमा स्थापित मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट नेपालले वार्षिक २ अर्ब रुपैयाँ खर्च जोगाउने बताइएको छ। 

दैनिक सयौं ट्यांकरबाट उत्सर्जित हुने कार्बन जोगिनाले यसबाट पर्यावरणको रक्षा र सडकमा चाप न्युनिकरण हुने पनि आपेक्षित लाभ हो। राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावटलगायका समस्या समाधान हुने योजनाको दावी छ। प्रारम्भिक योजना अनुसार यसबाट अहिलेलाई डिजेलमात्र ल्याउने तयारी छ। सुरुमा रक्सौल–अमलेखगञ्ज पाइपलाइन योजना रहेकोमा आइओसीले रक्सौल डिपोलाई मोतिहारी सार्ने भएपछि पाइपलाइनको दुरी पनि लम्बिएको थियो। नेपालतिर पाइपलाई अझ भित्रसम्म बिस्तार गर्ने साम्भाब्यता रहेको निगमको भनाई छ। 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad