८ वैशाख २०८१ शनिबार
समाज

बाढी–पहिरोबाट मृतक परिवारलाई कांग्रेसले २५ हजार दिने

मकवानपुर– बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहत स्वरुप २५ हजार रुपैंया दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको बैठकले मकवानपुरका पाँच मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

चाँडै एक कार्यक्रम गरी मृतकका परिवारको पीडामा मल्हम लगाउन सहयोग रकम प्रदान गरिने कांग्रेसका जिल्ला प्रवक्ता प्रदिप कोईरालाले बताए। ‘प्रेस यूनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको नेतृत्वमा तथ्याङ्क संलकन भईरहेको छ,’ उनले भने, ‘प्रतिवेदन प्राप्त हुनासाथ घरबार विहिनहरुलाई पनि रकम, त्रिपाल र आवश्यक सामग्री सहयोग गर्नेछौ ।’ कांग्रेसले बाढी, पहिरो पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ।

यसैबीच स्तन क्यान्सरबाट पीडित हेटौंडा उपमहानगरपालिकाकी नगरकार्यपालिका सदस्य रुपा खुलाललाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

प्रकाशित: २ श्रावण २०७६ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App