coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन सय विद्युतीय बस ल्याइने

काठमाडौं– सरकारले तीन सयवटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय बस खरिद गरी सञ्चालनका लागि साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन्।

आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई  सो रकम उपलब्ध गराइएको उनको भनाइ छ।

कार्यक्रममा साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले विद्युतीय बसको सञ्चालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरेका छन्।

सरकारले सवारी साधनबाट वातावरण प्रदूषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा सञ्चालनमा ल्याउन लागेको हो। मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पुराना सवारीसाधनहरूको सञ्चालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताए।

प्रकाशित: २ श्रावण २०७६ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App