८ वैशाख २०८१ शनिबार
ब्लग

इन्टरनेट ब्युटी #तरकारीवाली पछ्‌याउँदै

इन्टरनेटमा भाइरल बनेको कुसुम श्रेष्ठ (तरकारीवाली) को तस्विर।

केही दिनदेखि एउटी युवतीको तस्विर भारतीय र नेपाली सञ्चार माध्याममा छापिएको खबर फेसबुक, ट्विटरदेखि सामाजिक सञ्जालमा छपक्कै थिए। नाम ठेगाना उल्लेख नगराई ती युवतीको फोटो जताततै भाईरल बनेपछि युवती कहाँकी को हुन् भन्नेमा सबैको चासो हुन थाल्यो। गोरखाको भुम्लिचोक र पृथ्वीराजमार्गको चरौदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्विर भाईरल बनेको र उक्त तस्विर फोटो पत्रकार रुपचन्द्र महर्जनले खिचेको थाहा लाग्यो तर तस्विरकी युवतीको नाम ठेगाना भने खुलेन।

तरकारी बोकेर जाँदै गर्दा लिइएको तस्विर भएकाले युवती गोरखा भुम्लीचोकको हुने थाहा लागेपछि उनलाई भेट्ने रहर जाग्यो। कारण सबैको चासो बनेको आफ्नै तस्विर भाईरल बन्दा कस्तो लागेको छ? थाहा छ छैन? कतिबेला कसरी तस्विर खिचिएको रहेछ? उनी कस्ती ब्यक्ति हुन्? भन्ने जान्न उनको खोजीमा गोरखा सदरमुकामबाट निस्कने योजना बन्यो।

नागरिक र रिपब्लिका दैनिकका सम्पादकले टेलिफोन गरेर भाईरल बनेको तस्विर गोरखाकी युवतीको भएकाले पत्तो लगाउन भनेपछि हतार हतार क्यामेरा, रेकर्डर, कलम कापी बोकेर भाईरलवाली युवतीको खोजीमा बिहीवार दिउँसो म गोरखा सदरमुकामबाट निस्किँए।

छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

कसरी ती युवतीलाई भेटिन्छ होला ? नाम ठेगाना थाहा छैन ? मात्र उनलाई खोज्ने बाटो दुईवटा तस्विर छ। झोलुङ्गे पुलमा क्रेटभरि तरकारी बोकेर हिँड्दै गरेको र तरकारी पसलमा मोवाईलमा कुरा गर्दै गरेको तस्विर फेसबुकबाट डाउनलोड गरेँ। उनको तस्विर देखाउँदै खोजी गर्ने योजना बनाएर सदरमुकाबाट निस्किँए। तिहार भर्खरै सकिएकाले होला सार्वजनीक सवारी साधन खचाखच थिए। भुम्लिचोक पृथ्वीरामार्गको बीच बाटोमा पर्छ। त्यहाँसम्म जान सवारी साधन पाउन मलाई निकै मुस्किल थियो। एकजना सहयोगी मित्र भेट भए। ती युवतीलाई खोज्न जान लागेको मैले भने। ती दाजुले आफ्नो निजी गाडीमा पुर्‍याएपछि म करिब तीन बजेर तीस मिनेटमा फिस्लिङ बजार पुगेँ। जहाँ गोरखाको तरकारी बिक्री गरिन्छ।

मनकामना केबलकारबाट ओर्लिने साथै भेटिइन् 'तरकारीवाली'। तस्विरः नरहरि

फिस्लिङ बजार पुगेपछि युवतीको तस्विर देखाउँदै उनको बारेमा सोध्ने क्रम सुरु भयो। तस्विरमा जस्तै तकारी बोक्दै गर्दा भेटिन्छकी भन्ने अनुमान गरिरहेको थिएँ। तरकारी बेच्न आएका युवतीलाई घोरिएर ती युवती हुन् कि भन्दै पालैपालो हेरेँ। क्यामेर तयारी राखेर मेरा आँखा बारम्वार मोवाईलमा भएको युवतीको फोटो र उनको खोजीमा दौडिरहेको थियो। मलाई गाडीमा राखेर त्यहाँ सम्म पुर्‍याइ दिएका दाजु सरण श्रेष्ठको आफन्त फिस्लिङमा ब्यवशाय गरेर बस्दा रहेछन्। त्यहाँ पुगेर उनले मैले सुनाएका कुरा बताए। मैले फोटो देखाँए। ती दाजुले युवतीलाई चिनेको बताएपछि अब मेरो लक्ष्य पूरा हुने छनक देखियो।

उनलाई साथै लिएर दुईसय मिटर पर तरकारी पसलमा पुर्‍याए। त्यहाँ पुग्दा ती युवतीकी काका पदम श्रेष्ठसँग भेट भयो। उनी छोरीको नम्बर दिने, फोनमा मेरी छोरी हो ती युवती भन्ने जवाफ दिँदै थिए। टेलिफोनको कुरा छोट्याउँदै उनले पत्रकारले काठमाडौंबाट फोन गरेका भने। उनीसँग टेलिफोन नम्बर लिएर भाईरलवाली युवती उनैले बताएका नाम ‘कुसुम श्रेष्ठ’ सँग टेलिफोनमा कुराकानी भयो।

कुराकानी क्रममा उनी केही लजाइन्।

त्यहाँबाट एक घण्टा अघि मात्रै उनी मनकामना दर्शनका लागि आफन्त सँग हिँडिछन्। चार बजेर १५ मिनेट गईसकेको थियो। मनकामना गएर उनलाई भेट्न सहज थिएन। कारण पाँच बजे मनकामना केवलकार बन्द हुन्छ। यतिबेला केबलकारमा यात्रुको चाप अत्यधिक छ। नभेटी नछोड्ने बाचा गर्दै करिब चार बजेर ४० मनकामनातिर लागेँ। बीचबाटोमा आउँदा चालक दाजुले मेरो समस्या बुझेरै होला गाडीको गिएर जाँदा भन्दा बढी नै दबाएका थिए। बारम्बार मैले टेलिफोनमा कुसुम सँग कुराकानी गर्दै थिएँ। उनी मिठास स्वरमा पर्खिरहेको बताउँदै थिइन्।

केबलकारबाट झरेपछि फेरि टेलिफोन गरेँ। नजिकै बेन्चमा उनी आफन्त सँग हातमा ब्याग बोकेर पर्खिरहेकी रहिछन्। यतीकैमा क्यामेर अन गरेँ। मैले हतारमा केही फोटो खिचेँ। उनी मुसुक्क हाँसिन्। लजाए जस्तो गरिन्।

मैले आफ्नो परिचय दिएपछि उनले कुराकानी गर्न केही सहज ठानिन्।  ‘छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

बाबु आमाले पहिलो दिन आफ्नो फोटो छापिएको बताउँदा किन खिच्न दिएको भनेर गाली गरेका थिए। अहिले उनका बाबु पनि छोरीको राम्रो फोटोले राम्रो सन्देश जाओस् भन्ने चाहान्छन्। सबैले राम्री भनिदिएपछि उनी मोडलिङ गर्ने सम्मको सोचमा पुगेकी छिन्। उनलाई अहिले फोन उठाउन भ्याई नभ्याई छ। सञ्चारकर्मी देखि साथीभाई, आफन्त, चिनेजानेकाहरुले फोन गरिरहेको उनले बताइन्। कसरी र के कारणले तस्विर यतिविधि चर्चित बन्यो भन्नेमा स्वयम कुसुम, उनका आफन्त, छिमेकी आश्चर्यमा छन्। दङ्ग छन्।

प्रकाशित: १९ कार्तिक २०७३ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App