४ वैशाख २०८१ मंगलबार
अर्थ

हावाहुरीले मकै खेती सखाप

सोलुखुम्बु – आइतबार र सोमबार आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका क्षेत्रकाकरिब एक हजार हेक्टरमालगाइएको मकै खेतीमाक्षति पु¥याएको छ। भर्खर चमरहाल्दै गरेको मकै हावाहुरीले ढालेपछि किसानले क्षतिको मूल्यांकन गरी राहतकालागि स्थानीयसरकार र प्रशासनगुहारेका छन्।

सोलुदूधकुण्ड नगरपालिका–६ टपुटारका १९ तामाङ परिवारले लगाएको मकै खेती हुरीले सखापपारेपछि पीडित किसानले राहतमागगर्दैमंगलबार वडा कार्यालय र जिल्लाप्रशासनकार्यालयमामागपत्रबुझाएकाहुन्। उनीहरुले मकैमाक्षतिपुगेपछि खाद्यान्न संकटनिम्तिने भन्दै राहतमाग गरेको छिरिङ तामाङले बताए। ‘वर्षभरि खाने मकै हावाहुरीले सखापपारेपछि सरकारले दुःखमा साथदिएहुन्थ्यो,’उनले भने।

आइतीमायातामाङले मकै सखाप भएपछि बालबच्चा कसरी हुर्काउने भन्ने चिन्ता बढेको बताइन्। ‘अहिलेसम्म यस्तो विपत्तिआइपरेको थिएन्, हावाहुरीले ठूलो मारमापा¥यो,’ उनले भनिन्, ‘प्रशासनले क्षति हेरेर राहतदिएगरिबको घाउमा मल्हमपट्टी लाग्थ्यो।’ जितमानतामाङले कृषकको मर्म बुझाउन वडा कार्यालय र जिल्लाप्रशासनसमक्षपुगेको बताए। ‘आफ्नो दुःखबिसाएका छौं। उहाँहरुले दुःखमा साथ दिनुहुन्छ होलाभन्ने आशा छ।’ टपुटारमामात्रै चमर खेल्न लागेको मकै ढल्दा १६ लाखबराबरको क्षतिपुगेको कृषकको भनाइ छ।

नगरपालिकाको केरुङ, गार्मा, तिङ्ला, तामाखानीलगायत क्षेत्रमा सयौंकिसानले लगाएको मकै बालीमा पूर्णरुपमाक्षति पु¥याएको छ। पानीसँगै आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका–८ घुन्सामा पनि ६० घरधुरीकामकै खेतीमाक्षति पु¥याएको सोनामतामाङ जानकारी दिए। यता, वडा नं–९ गोराखानीस्थितलाम्चा, जैदु, धारपानी र छेवरमापनिहावाहुरीले मकैको बोट सखापपारेको वडाध्यक्ष काजी शेर्पाले जानकारी दिए। जिल्लाप्रशासनकार्यालयले सम्बन्धितनिकायको ध्यानाकर्षण गराउने आश्वासनपाएका पीडित कृषक परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्तामा परेका छन्।विपद्ले मकै बालीमा पु¥याएको समस्याथाहापाएकाले क्षतिको मूल्यांकन गरेर राहत रकमउपलब्ध गराउनआफू प्रतिबद्ध रहेको मेयर नाम्गेलजाङबु शेर्पाले बताए।
 

प्रकाशित: २ श्रावण २०७६ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App