coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

अलैंची र चियाको बिरुवा किसानलाई वितरण

धनकुटा– राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले अलैंचीमा लाग्ने रोग तथा कीराको न्यूनीकरणका लागि कृषकहरुलाई अलैंचीको स्वस्थ बिरुवा उत्पादन गरेर बिक्री वितरण गरेको छ। चियाको समाधानका लागि चियाको गुण र स्वाद तथा नामकरणका लागि अध्ययन अनुसन्धान गरिरहेको छ।

कृषि अनुसन्धान केन्द्रसँगै रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले पहाडी भेगका १४ वटा जिल्लाको अलैंची र चियाकोे मात्र अध्ययन अनुसन्धान गर्ने गरेका छन्। आर्थिक वर्ष २०७५–७६ मा कृषकलाई नर्सरीमा अलैंचीको बिरुवा उत्पादन गरेर २ हजार बिक्री वितरण गरिएको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद यादवले जानकारी दिए।

आर्थिक वर्ष २०७६–७७ मा कृषकलाई ३० हजार अलैंचीको बिरुवा र चियाको २ हजार बिरुवा उत्पादन गरेर बिक्री वितरण गर्ने योजना रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्रका प्राविधिक यादवले जानकारी दिए।

अहिले अलैंची बालीमा देखिएको रोगमध्ये किसानहरुको अलैंची बाली सखाप पार्ने रोग फिजाडिएम ढुसीको जीवाणुबाट हुने रोग न्यूनीकरण नियन्त्रण गर्नका लागि प्राथमिकता दिएर ढुसी जीवाणुबाट लाग्ने रोग फिजाडिएम र कीरामा गबारो कीराको अध्ययन अनुसन्धान भइरहेको प्राविधिक यादवले जानकारी दिए।

त्यस्तैगरी चियाको समाधान तथा व्यवस्थापन गर्नका लागि हाते चिया बनाउने तरिका र सोलार ड्रायरको माध्यमबाट बनाउँदा राम्रो देखिने र सोलार ड्रायरमा सुकाएर तयारी चिया तयार पार्दा धेरै लगानी नग्लाग्ने तरिकाको अनुसन्धान परीक्षण भइरहेको प्राविधिक यादवको भनाइ छ।

अहिले भइरहेको अनुसन्धानको नतिजा अबको ३ वर्षभित्र आउने गरी अध्ययन अनुसन्धान भइरहेको र अन्य समस्याका लागि भने सधैंभर नयाँ विषयमा अध्ययन अनुसन्धान जारी रहने अलैंची र चियाको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले जनाएको छ।
 

प्रकाशित: २ श्रावण २०७६ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App