coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

न्युक्यासलमा ब्रुस आउँदा समर्थक निराश

लन्डन – इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासलले बुधबार नयाँ प्रशिक्षकका रूपमा सन्डरल्यान्डका पूर्वप्रशिक्षक स्टिभ ब्रुसलाई नियुक्त गर्दा निराश बनेका समर्थकको रिस बल्झिएको छ । ब्रुसले प्रिमियर क्लब न्युक्यासलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनकोसम्झौताबारे समर्थकले सन्तुष्टि व्यक्त गरेका छैनन् ।  ‘न्युक्साल युनाइटेडले स्टिभ ब्रुसलाई क्लबको नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेका छ,’ क्लबले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ ।  

म्यानचेस्टर युनाइटेडका पूर्वरक्षक ब्रुसले न्युक्यासलमा अनुबन्धित हुन दोस्रो डिभिजनको क्लब सेफिल्ड वेनस्डेबाट राजीनामा दिएका थिए । ‘न्युक्यासलको नयाँ प्रशिक्षकको रूपमा नियुक्त हुन पाएकोमा खुसी लागेको छ,’ नवनियुक्त न्युक्सासलका प्रशिक्षक ब्रुसले भने, ‘न्युक्यासल म र मेरो पिताले सानैदेखि मन पराएको क्लब हो । मेरो र परिवारका लागि निकै महत्व राख्नेछ ।’

न्युक्साल रहेको टाइनिसाइडमा हुर्किएका ५८ वर्षीय ब्रुसले चिर प्रतिद्वन्द्वी अर्को टोली सन्डरल्यान्डमा दुई वर्षे प्रशिक्षण अवधि बिताएका कारण उनी समर्थकबाट आलोचित छन् । प्रशिक्षण करियरमा मध्यम नतिजा निकालेका बु्रसप्रति क्लबका समर्थक सन्तुष्ट छैनन् । यद्यपि न्युक्यासलका मालिक माइक एस्लीले तीन वर्षे सम्झौता सकिएका पूर्वप्रशिक्षक राफाइल बेनिटेजलाई क्लबमा नराख्दा समर्थकहरूले उनको आलोचना गरेका छन् ।
यसै सिजनपछि मात्र सम्झौता सकिएका बेनिटेज हाल चीनका प्रतिष्ठित प्रतियोगिता चाइनिज सुपर लिगको क्लब डालियन यिफाङमा अनुबन्धित छन् । सम्झौता नवीकरण नभएपछि उनी नयाँ विकल्पको रूपमा चीनको क्लबमा अनुबन्धित भएका थिए ।

न्युक्यासलका मालिक एस्ली आफ्ना पूर्वप्रशिक्षकहरूलाई खेलाडी सरुवा बजारका लागि समर्थन गरेको भन्दै समर्थकबाट आलोचित छन् । ब्रुसलाई अनुबन्ध गर्नुअघि क्लबले इङ्ल्यान्डका पूर्वप्रशिक्षक श्याम एलारडाइसलाई पुनः नियुक्तिका लागि प्रयास गरेको थियो । तर एलारडाइसले क्लबको प्रस्ताव अस्वीकार गरेका थिए ।
म्यानचेस्टर युनाइटेडबाट सर्वाधिक व्यावसायिक खेल खेलेका बु्रसले दोस्रो डिभिजनका क्लबहरूलाई चार पटक बढुवा गराउन सफल भएका छन् । साथै उनी प्रशिक्षण रहेको क्लब बर्मिङ्घम २००५÷०६ मा हल २०१४÷१५ घटुवा हुनुपरेको थियो । उनले प्रशिक्षण गर्दा बर्मिङ्घमले २००३÷०४ र सन्डरल्यान्डले २०१०÷११ को सिजनमा शीर्ष दशभित्र रहँदै लिगको समापन गरेको थियो । यो नै ब्रुसको सबैभन्दा सफल करियर हो ।

प्रकाशित: २ श्रावण २०७६ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App