coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल सीधै दोस्रो चरणमा

काठमाडौं – कतारमा आयोजना हुने २२औं संस्करणको विश्वकपका लागि एसिया क्षेत्रको दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो। नेपालसँगै समूह ‘बी’ मा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। बुधबार सार्वजनिक ड्रअनुसार दोस्रो चरणको छनोट  सेप्टेम्बर ५ बाट २०२० जुन ९ सम्म हुनेछ । नेपालले ४ खेल अवे र ४ खेल घरेलु मैदानमा खेल्नेछ।

दोस्रो चरणको छनोटमा एसियाका ४० टोलीले आफ्नो समूहमा रहेका टोलीसँग होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन्। एसियाका ४० टोलीलाई  ८ समूहमा विभाजन गरिएको छ। जहाँ प्रत्येक समूहमा समान ५ टोलीको सहभागिता रहनेछ।

फिफा विश्वकप २०२२ एसियाली छनोट दोस्रो चरण
समूह बी
नेपाल
अस्ट्रेलिया,
जोर्डन,
कुवेत
चाईनिज ताइपेई

दोस्रो चरणको छनोटबाट ८ समूहका समूहविजेता र ४ उत्कृष्ट उपविजेता टोली गरी कुल १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउनुका साथै सोझै एसिया कपमा समेत प्रवेश पाउनेछन्। त्यस्तै समूहचरणमा प्रतिस्पर्धा गरेका मध्ये १२ टोलीबाहेकका उत्कृष्ट २४ मा पर्ने टोलीहरू भने चीनमा हुने एसियन कपको छनोट खेल्नेछन्।

फिफा वरीयताको आधारमा मलेसियाभन्दा एक स्थान माथि अर्थात् नेपाल एफसी वरीयताको शीर्ष ३४ भित्र रहेकाले नेपालले सीधै दोस्रो चरणमा खेल्ने मौका पाएको हो।
सन् १९८६ को संस्करणबाट विश्वकप छनोट खेल्न थालेको नेपालले एफसीको वरीयतामा शीर्ष ३४ भित्र अटाउँदा पहिलो पटक सीधै दोस्रो चरण खेल्ने पाएको हो। नेपालले यसअघि सन् २०१४ को संस्करणमा पहिलो चरण पार गर्दै दोस्रो चरणको छनोट खेलेको थियो । २०११ मा भएको पहिलो चरणको छनोट खेलमा नेपालले जुन २९ मा टिमोर लेस्टे लाई पहिलो लेगमा २–१ ले र दोस्रो लेगमा ५–० ले पराजित गर्दा दोस्रो चरण प्रवेश गरेको थियो। दोस्रो चरणको खेलमा भने नेपालले जोर्डनलाई समग्रमा १०–१ को नतिजा सुम्पिएको थियो।
 

प्रकाशित: २ श्रावण २०७६ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App