६ वैशाख २०८१ बिहीबार
समाज

रुपन्देहीमा बुद्धका मूर्ति तोडफोड

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ६ लेन सडकमा राखीएका बुद्धका मुर्ती तोडफोड गरीएको छ। बुटवल बेलहिया ६ लेन सडकको मध्य भागमा(डिभाइडर) राखीएका बुद्ध मुर्तीहरु गएराती तोडफोड गरीएको हो। सो सडक खण्डको शंकरनगरदेखि नयाँ मिल सम्मका ५ वटा बुद्धका मुर्ती टुक्राटुक्रा हुने गरी फोडीएका छन्। फोडीएका केही मुर्ती सडकमा फालीएका थिए।  मुर्ती तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तिलोत्तमा नगरपालिकाले बुद्धजन्मस्थल लुम्बिनी प्रवेशको आभाष दिलाउँदै पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नगरपालिका भित्र पर्ने ६ लेन सडक बिचभागमा सुनौला बुद्धका मुर्ती राखिएको थियो। प्रत्येक तीन सय मिटरको दुरीमा एउटा बुद्धको मुर्ती राखीएको छ। पहिलो बर्ष २३ लाखको लागतमा यागीकुटीदेखि मंगलापुरसम्म बुद्ध मुर्ती राखीएको छ। गत बैशाख १ गते प्रदेशका उद्योग,पर्यटन,वन तथा बातावरण मन्त्री लीला गिरीले बुद्धमुर्ती अनावरण गरेका थिए।

 तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले बुद्धमुर्ती तोडफोड गर्ने जो सुकै भएपनि तत्काल पत्ता लगाइ कडा कारबाही गर्नु पर्ने बताए। विकास बिरोधी तत्वले नगरको प्रगतीबाट आत्तिएर यस्तो घटना घटाएको हुन सक्ने आशंका नगरप्रमुख घिमिरेले गरे। नगरको शान्ति सुरक्षामा विशेष ध्यान दिन उनले सुरक्षा निकायलाइ आग्रहपनि गरे। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले घटनाको अनुशन्धान भइरहेको बताए।

प्रकाशित: २ श्रावण २०७६ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App