coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शारीरिक सुगठनको तयारी पूरा

काठमाडौं – नेपालमा शुक्रबारदेखि सुरु हुने दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको अन्तिम तयारी पूरा भएको आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले आफ्नो तयारी पूरा भएको जनाएको हो। शुक्रबारदेखि चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी राष्ट्रका खेलाडीहरू पनि बिहीबारबाट नेपाल आइपुग्ने संघले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको शुक्रबार प्रिजजिङ राउन्ड र शनिबार फाइनल चरणका खेल हुनेछन्। आयोजक राष्ट्र नेपालसहित आठ राष्ट्रका करिब १ सय ५० खेलाडीले प्रतियोगितामा चुनौती प्रस्तुत गर्नेछ।

आयोजक नेपालबाट भने २३ खेलाडी र दुई अफिसियल गरी जनाको टोली रहनेछन्।जसमा पुरुषमा १८ र महिलातर्फ ५ खेलाडीले विभिन्न विधामा चुनौती दिनेछन्। नेपालको तर्पmबाट शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजीमा किसानदास दिवाकार, ६० केजीमा डेविड बलामी र कमल भण्डारी, ६५ केजीमा प्रज्वलमान शाक्य, ७० केजीमा रमेश कार्की र समिर श्रेष्ठ ७५ केजी र ८५ केजीमा मिलन सिजापतिले चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष एथ्लेटिक फिजिक्सतर्फ (१६७ सिएम)  नरेश मालाकार, विष्णुराम केसी (१७० सिएम), निशान्त प्रधान (१६७सिएम), डम्बर मर्कान्ड (१७० सिएम), राजीव थापा (१६७ सिएम), प्रमोद राई (१७० सिएम) र सन्तोस बिक (१७० सिएम) ले चुनौती प्रस्तुत गर्ने भएका छन्। महिलातर्पm एथ्लेटिक्स फिजिक्समा रजनी श्रेष्ठ, सुजिता मानन्धर, पूजा श्रेष्ठ, मलिका शाक्य र तारा डंगोलले प्रतिस्पर्धा गर्नेछन्। पुरुषको जुनियरतर्फ कृष्ण महर्जन, सबिन कार्की र  राजु राई छन्। नेपाली टोलीको प्रशिक्षणमा ज्ञानेन्द्र नकर्मी र व्यवस्थापकमा श्याम श्रेष्ठ छन्। प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ। शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दामाथिको तौलसमूहमा प्रतिस्पर्धा हुने जनाइएको छ।

पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र सोभन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा समान एक स्पर्धा हुनेछ। महिला एथ्लेटिक फिजिक्स र महिला मोडल फिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ। शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले ट्रफी पाउनेछ। उक्त ट्रफीको बुधबार आयोजित कार्यक्रममार्पmत सार्वजनिक भएको थियो। विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा र संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले उक्त ट्रफी सार्वजनिक गरेका हुन्। करिब १ करोड ३६ लाख अनुमानित बजेट रहेको यस प्रतियोगिताका लागि नेपाल सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ। बुधबार एक कार्यक्रमबीच दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई ७ लाख भारु सहयोग प्रदान गरे। नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको शुक्रबार प्रिजजिङ राउन्ड र शनिबार फाइनल चरणका खेल हुनेछन्।

प्रकाशित: २ श्रावण २०७६ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App