विदेशी च्यानलले वार्षिक ७० करोड बिदेसिँदै

बिहिबार, ०२ साउन २०७६, ११ : २२ स्मृति ढुंगाना  | @aesmriti

काठमाडौं - प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूले वार्षिक ७० करोड हाराहारीको रकम लैजाने गरेको तथ्य सार्वजनिक भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपालबाट वार्षिक ७० करोड हाराहारीको रकम विदेशी च्यानल सञ्चालकहरूले लैजाने गरेको तथ्यांक सार्वजनिक गरेको हो। नेपालमा अत्याधिक हेरिने स्टार, सोनी पिक्चर्स, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एचबिओ र युटिभी ग्लोबल जस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तत्थांकमा उल्लेख गरिएको छ। हरेक वर्ष नेपालमा प्रसारण हुने विदेशी च्यानल वितरकहरूले नेपाल सरकारलाई बुझाएको रकमसहितको सम्झौता पत्र र नवीकरण पत्रका आधारमा तत्थांक सार्वजनिक भएको हो।

नेपालमा अत्याधिक हेरिने स्टार, सोनी पिक्चर्स, सोनी एचडी, जुम, इन्डिया कास्ट, जि टिभी, एचबिओ र युटिभी ग्लोबल जस्ता च्यानलले मात्र यो वर्ष ६० करोड ४५ लाखभन्दा बढी रकम नेपालबाट लगेको तत्थांकमा उल्लेख गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा विदेशी च्यानलको नयाँ सम्झौता पत्रसहित नवीकरण गर्न पुगेका एक वितरकका अनुसार वितरकहरूबीच भएको प्रतिस्पर्धाको फाइदा उठाउँदै विदेशी च्यानलले मनपरी मूल्य तोक्ने गरेका छन्। नाम नबताउने सर्तमा कुराकानी गर्न तयार भएका उनले भने, ‘विदेशी च्यानलको वितरणको सम्झौता लिन नेपालका वितरकहरूबीच प्रतिस्पर्धा हुने गरेको छ। जसले धेरै रकम दिन राजी हुन्छ। उसलाई वितरणको लागि अनुमति दिएर सम्झौता गरेपनि अर्को वितरकलाई पनि च्यानल प्रसारण गर्नका लागि अनुमति दिने हुँदा हामीलाई घाटा भएको हो,’ उनले भने, ‘त्यसले गर्दा विदेशी च्यानल सञ्चालकहरूले मनपरी ढंगमा नेपालका वितरकहरूसँग सम्झौता गर्ने गरेका छन्।’

यस आर्थिक वर्षमा स्टार च्यानलले सर्वाधिक ३१ करोड ५५ लाख नेपालबाट लगेको छ। त्यस्तै जि टिभीले ९ करोड ९० लाख, सोनी पिक्चर्सले ६ करोड ५१ लाख, सोनी एचडीले ५ करोड ५० लाख र जुम नेटवर्कले २ करोड ११ लाख नेपालबाट लगेको सूचना तथा सञ्चार मन्त्रालयको तत्थांकमा उल्लेख गरिएको छ।

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूले वार्षिक ५० करोड हाराहारीको रकम लागे गरेको दाबी गरे। ‘नेपालमा विदेशी च्यानल वितरण गर्ने वितरकहरू कम छन्। वितरण गर्ने माध्यमहरू फरक भएकाले विदेशी च्यानल नेपालमा वितरकहरूमा खासै प्रतिस्पर्धा नहोला,’ उनले भने, ‘सम्झौता नवीकरणमा हेरफेर हुन सक्छ।’ ‘क्लिन फिड’ हुनुपर्ने प्रावधान लागू भए विदेशी च्यानलहरूको सञ्चालन शुल्क बढ्ने हुँदा नेपालमा धेरै विदेशी च्यानल प्रसारण नहुने दाबी उनले गरेका छन्। ‘‘क्लिन फिड’ हुनुपर्ने प्रावधान लागू भए विदेशी च्यानलहरूको सञ्चालन शुल्क बढ्ने हुँदा अधिकांश सञ्चालकहरू नेपालमा नआउने बताइसकेका छन्,’ उनले भने।

गत असार ९ मा प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ ले विदेशी च्यानलहरूमा ‘क्लिन फिड’ हुनुपर्ने प्रावधान गरेको भन्दै विदेशी च्यानलहरूका वितरकहरूले २४ घण्टाको लागि विदेशी च्यानलहरू बन्द गरेका थिए। नेपालमा टेलिभिजन च्यानलहरूको झण्डै २५ अर्वको व्यापार छ।

सोनी, कलर्स र जि टिभीलाई नेपालमा वितरण गरिरहेका रियल नेटवर्कका सञ्चालक शिव निरौलाका अनुसार विदेशी च्यानल नेपालमा प्रसारण गर्ने वितरकहरूबीच प्रतिस्पर्धा भएकाले विदेशी च्यानल सञ्चालकले मनपरी शुल्क तोक्न सक्ने सम्भावना रहेको छ। ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलको कुनैपनि आधिकारिक वितरक भन्ने छैन्। ब्रान्डमा केन्द्रित भएर विदेशी च्यानल वितरण गरिरहेका वितरकहरूले नियमित सञ्चालकहरूलाई रकम बुझाउने गर्छन्। ग्राहकसँग पैसा असुलेर विदेशी च्यानल सञ्चालकहरूलाई रकम नबुझाउने वितरकहरूले अप्ठ्यारो पारिरहेका छन्।’ उनले विदेशी च्यानलहरूले वार्षिक ५० करोड नेपालबाट लग्ने गरेको दाबी गरे। ‘‘क्लिन फिड’ लागू भएसँगै विदेशी च्यानलहरूको सञ्चालन शुल्क बढ्नेछ। सबै वर्गको ग्राहकलाई हुने गरेर ‘क्लिन फिड’ लागू हुनुपर्छ,’ उनले भने।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति, इन्टरनेट सेवा प्रदायक एसोसिएसन, डिस मिडिया नेटवर्क र नेपाल केवल टेलिभिजन महासंघले गरेको सर्वेक्षण अनुसार नेपालमा ३० लाखभन्दा बढी ग्राहकले प्रत्यक्ष रूपमा विदेशी च्यानलहरू हेर्ने गरेका छन्। त्यस्तै, नेपाली च्यानल हेर्ने दर्शकहरूको संख्या १० लाखभन्दा कम रहेको छ।
हाल राष्ट्रिय सभाअन्तर्गतको समितिमा छलफल भइरहेको सरकारद्वारा प्रस्तुत विज्ञापन नियमन सम्बन्धी विधेयकको दफा ६ मा भनिएको छ, ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ।’ सो दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार विज्ञापनरहित (क्लिन फिड) लागू भए विदेशी च्यानलहरूले वार्षिक रूपमा १ अर्वभन्दा बढी रकम लैजानेछन्। नेपालमा प्रसारण भइरहेका च्यानलहरूमध्ये ८५ प्रतिशत च्यानलहरू विदेशी छन्। यसमध्ये अधिकांश भारतीय च्यानलहरू नेपालमा प्रसारण भइरहेका छन्। लामो समयदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा ‘क्लिन फिड’ लागू नहुँदा नेपाली विज्ञापन बजारले अर्बौं रुपैयाँको घाटा व्यहोरेको सरोकारवाला बताउँछन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad