coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बद्री पंगेनी विरुद्ध उजुरी

काठमाडाैँ – लोक गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। गायक पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेर बुधबार प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

गायक पंगेनी र उनका व्यवसायिक साझेदारहरू विजय सिंह र सुवास अधिकारीले सञ्चालन गर्दै आइरहेको नीरमाया दोहोरी साँझबाट लिनुपर्ने रकम माग्दा आफूलाई ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ। सो दोहोरी साँझका फर्निचर र अन्य साम्रगी बापतको ५५ लाख रुपैयाँ नतिरेर झुक्याएको आरोप सृष्टि फर्निचरका सञ्चालक शेर्पाले लगाएका छन्।

गायक पंगेनीले आफूले कसैलाईपनि धम्काउने कार्य नगरेको दाबी गरे। ‘मैले आजसम्म कसैलाई धम्काउने र थर्काउनेजस्ता अराजक काम गरेको छैन्। मैले त्यस्तै गरेको भेटियो भने सजाय भोग्न तयार छु। तीन वर्षअघि मैले सो दोहोरी साँझ छाडिसकेको हुँदा अनावश्यक रूपमा मेरो चरित्र हत्या गरियो,’ गायक पंगेनीले भने।

 

प्रकाशित: २ श्रावण २०७६ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App