coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकी कुर्दिस्तानमा टर्किस् कूटनीतिज्ञको गोली हानी हत्या

आक्रमणमा परेको इर्बिलको शासन सहर नजिकै रहेको हुकाबाज रेस्टुरेन्ट। तस्बिर : एजेन्सी

बग्दाद – इराकी क्रुर्दिस सहर इर्बिलस्थित एउटा रेस्टुरेन्टमा एक टर्किस् कूटनीतिज्ञको गोली हानी हत्या भएको छ। सुरक्षा स्रोतले बिबिसीलाई दिएको जानकारीअनुसार टर्कीका डेपुटी कन्सुलरको गोली हानी हत्या भएको हो। रेस्टुरेन्टमा अन्य दुईजना व्यक्तिसँग डिनर गरिरहेका बेला उनीहरुमाथि गोली हानिएको र मारिनेमध्ये ती कूटनीतिज्ञ पनि रहेको बताइएको छ।

घटनास्थलबाट दुईजना बन्दुकधारी मानिस भागेको देखिएको सुरक्षा स्रोतले जनाएको छ। गोली प्रहारको घटना बाहिरिएलगत्तै क्रुर्दिस सुरक्षा फौजले नजिकैकौ सबै क्षेत्रलाई बन्द गरेको बताइएको छ।

टर्किस् कूटनीतिज्ञसहितलाई गोली प्रहार गरी हत्या गरिएको घटनाको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन। प्रारम्भिक जानकारीअनुसार अज्ञात व्यक्तिको बन्दुक आक्रमणमा परी टर्किस् महावाणिज्य दूतावासका तीनजना कर्मचारी मारिएका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रवक्ता इब्राहिम कालिनले ट्विटरमा एक विज्ञप्ति राख्दै ‘जो कोहीले पनि यो आक्रमण गरेको छ, त्यसलाई आवश्यक प्रतिक्रिया दिने’ बताएका छन्।

इर्बिलको शासन सहर नजिकै रहेको हुकाबाज रेस्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरेको बताइएको छ। इराकबाट सञ्चालित हुने क्रुर्दिस् लडाकुविरुद्ध टर्कीले निरन्तर आक्रमण गर्दै आइरहेको छ।

प्रकाशित: २ श्रावण २०७६ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App