त्रिविकाे भविष्य

बिहिबार, ०२ साउन २०७६, ०८ : ४२ प्रा.डा. टंकनाथ धमला

मुलुकको शैक्षिक इतिहासको धरोहर ६० वर्षभन्दा लामो ऊर्जाशील कालखण्ड बिताएको ज्ञानको केन्द्रत्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था र यससँगसँगै एकाकार भएर दिनदिनै सुनिँदै आइरहेका तीता यथार्थ अनि यसको बढ्दो शिथिलता र घट्दो साख विश्वविद्यालयका वास्तविक प्रेमीहरूका लागि निकै पीडादायक छन्। त्रिविको सवल पक्ष यस संंस्थाभित्र भित्रिएका केही सीमित गलत पात्र, प्रवृत्ति र तिनीहरूका अप्राकृतिक तथा अप्राज्ञिक क्रियाकलाप सुन्न, देख्न तथा अनुभूत गर्न  कदापि तयार छैन। यस्तो दूरावस्थाको निरन्तरता कहीँ कसैबाट किमार्थ स्वीकार्न सकिन्न। आफ्नै घर कसरी क्रमशः खण्डहरमा रूपान्तरित हुँदैछ, यसको विगत तथा वर्तमानको क्रूर समीक्षा गर्नुपर्ने बेला आएको छ। यससँग जोडिएर आएका भ्रम, भय तथा यथार्थलाई आत्मसाथ गर्दै सोको कारण र उचित समाधानका उपायहरूको जडसम्म पुगेर चिरफार गर्ने प्रयास गर्नु आजको आवश्यकता र आफ्नो कर्तव्य नै ठान्छ यो पंक्तिकार।

नेपालका अरु विश्वविद्यालयको तुलनामा यसले आफ्नो विगतमा खेलेका महŒवपूर्ण भूमिका, वर्तमानका गम्भीर  दायित्व, महान चुनौती तथा सम्भावना अथाह छन्। त्रिविसंँगै मुलुकको पूर्ण प्रतिष्ठा, भविष्य, पहिचान र समृद्धि सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति जोडिएको छ। विश्वका उत्कृष्ट विश्वविद्यालय तथा अनुसन्धान निकायहरूसँग सहकार्य गरिआएका प्राध्यापकहरू, अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा प्रतिस्पर्धात्मक ढंगले आफूलाई सवल तथा सफल प्रमाणित गर्न सामथ्र्यवान विद्यार्थीहरू तथा कुशल कर्मचारीहरूको प्रचुरता छ  त्रिविसँग। विगतदेखि यसका जनशक्ति एवम् विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा सम्मानहरू, वैज्ञानिक उपलब्धि एवम् प्रकाशनहरूको समष्टिगत स्वरूप यससँग सरोकार राख्ने सम्पूर्णकालागि मार्गदर्शक, उत्साहवर्धक र प्रेरणादयी छन् जसलाई कदापि नजरअन्दाज गर्न सकिन्न।

आज सबैको साझा भावनाबाट ओतप्रोत, निष्कलंक, त्यागी, उच्च प्राज्ञिक दक्षता तथा योगदानले भरिपूर्ण र सबैले गौरव गर्न लायक नेतृत्व र मातहतका सम्पूर्ण पदाधिकारी आवश्यक छ।

पञ्चायतकालपश्चात महान् परिवर्तनपछि पनि विश्वविद्यालयहरूको नेतृत्व यसमा कार्यरत प्राज्ञहरूको निष्पक्ष प्रतिस्पर्धा, उनीहरूका योजनाहरूको सार्वजनिक प्रस्तुतीकरण तथा उहाँहरूको सफलताको विश्वसनीयताका आधारमा हुनुपर्नेमा त्यस्तो भएन। तमाम नेपालीको अपेक्षा र सपना पूरा हुन पाएनन्। विडम्बना, संसारकै  साझा हुनपर्ने प्राज्ञबीच पदीय भागबन्डा र हाम्राजति सबैराम्रा भन्ने बाँडीचुँडीको शैली र संस्कार हाबी हुँदै गयो। दक्ष प्राज्ञिकता, उत्कृष्ट अनुसन्धान, पेसागत इमान्दारिता एवम् सक्रियता तथा ज्येष्ठताका आधारमा ‘ठीक समयमा ठीक ठाउँमा उपयुक्त व्यक्ति’ चयन गर्नुपर्नेमा अधिकांश अवस्थामा त्यस्तो भएन। जसको परिणाम अधिकांश सवालमा त्यस्तो परम्पराबाट नियुक्त पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूले समेत उचित सेवा प्राप्त गर्न तथा प्रदान गर्न नसक्नु ठूलो विडम्बना बन्यो।

सेवाप्रदायक त्रिवि आयोगलाई थप सवल र गतिशील बनाई दक्ष जनशक्त्ति सेवा प्रवेशको आधारस्तम्भ बनाइनुपर्नेमा उल्टै शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूको बिनाप्रतिस्पर्धा सेवा प्रवेश, विशेष विज्ञापन र अझ  स्वतः स्थायी नियुक्ति तथा बढुवाको चाँजोपाँजो मिलाउनु र खुला प्रतिस्पर्धालाई निरुत्साहित तथा न्यूनीकरण गर्दै लैजानुले प्राज्ञिक प्रतिभा थप पलायन र हतोत्साही बन्न पुग्यो। सम्बन्धित विषयका अनविज्ञ एवं  अनुसन्धान नै नगरेकाहरूबाट अनुसन्धानको मूल्यांकन गराउने बाध्यताको  अन्त्य पनि गरिएन। प्राज्ञिक पदको न्यूनतम योग्यताको आधार आनुसन्धानलाई नलिने, जथाभावी प्रकाशित स्तरहीन लेख पुस्तकलाई मूल्यांकनको आधार बनाउने तथा  प्राध्यापकको चयनसमेत उसको अनुसन्धनात्मक योगदानको खुला प्रस्तुतिबिना गर्ने र समयसमयमा विज्ञापन नगरी हाम्रा राम्राहरुलाई हुल हुलबीच एकैपटकमा सेवा प्रमोसन गराउने काम प्रशस्त गरियो। जसले  कैयन् जनशक्तिमा पनि आफू र आफ्नो सामथ्र्यमा टेवा दिनु, त्यसमा विश्वास गर्नुको बदलामा  क्रमशः अन्य  शक्ति एवं  भक्तिकेन्द्रहरूलाई नै सुमेरु पर्वत मान्ने सोच र चिन्तन बढ्न पुग्यो।

आमनेपाली जनताका छोराछोरीहरू पढ्दै आइरहेको, सामान्य जनमानसको उच्च आस्था, पहुँच, अभिलाषा तथा सपना जोडिएको विश्वविद्यालयले आफ्नो समयोचित व्यवस्थापन गर्नुको सट्टा उल्टै हजारभन्दा पनि माथिको संख्यामा बिनाकुनै उपयुक्त पूर्वाधार निजी संस्थाहरूलाई सम्बन्धन दिँदै शैक्षिक निजीकरण तथा व्यापारीकरणलाई बढावा दिँदा आफू क्रमशः कमजोर हुँदै गयो।  स्वदेश तथा विदेशका विश्वविद्यालयबाट योग्यता प्राप्त आफ्ना प्राध्यापकहरूसमेत आफ्नै विश्वविद्यालयमा प्रभावकारी ढंंगले अध्ययन÷अनुसन्धान तथा पठनपाठनमा सरिकहुनुको सट्टा अपेक्षाकृतरूपमा निजी शैक्षिक संस्थाहरूमा संलग्नता बढाउन लालायित हुनप¥यो। वास्तवमा  अनुसन्धान  आयोजना सञ्चालन गर्ने÷गराउने, युगको मागबमोजिमका अत्याधुनिक पाठ्यक्रमहरू लागु गर्ने, अद्यावधिक गर्ने र विद्यार्थीकेन्द्रित पठनपाठन÷अनुसन्धानको चाँजोपाँजो मिलाउँदै आफ्ना कार्यथलोलाई प्रभावकारी बनाइ यी समस्याबाट सकभर छिटो  मुक्त हुनु जरुरी थियो।

आमनेपाली जनताका छोराछोरी पढ्दै आइरहेको, सामान्य जनमानसको उच्च आस्था, पहुँच, अभिलाषा तथा सपना जोडिएको विश्वविद्यालयले आफ्नो समयोचित व्यवस्थापन गर्नुको सट्टा उल्टै हजारभन्दा पनि माथिको संख्यामा बिनाकुनै उपयुक्त पूर्वाधार निजी संस्थाहरूलाई सम्बन्धन दिँदै शैक्षिक निजीकरण तथा व्यापारीकरणलाई बढावा दिँदा आफू क्रमशः कमजोर हुँदै गयो।  

शिक्षा क्षेत्रमा राज्यले गर्दै आएको लगानी अपेक्षाकृतरूपमा अत्यन्त न्यून रह्यो ! शिक्षा क्षेत्रको सर्वांगीण विकासबिना विज्ञान तथा प्रविधिको विकास कल्पना पनि गर्न सकिन्न र यसको अनुपस्थितिमा न त मुलुकको विकास सम्भव छ न समृद्धि नै। विश्वविद्यालयका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रहरूलाई सामाजिक तथा औद्योगिक समस्याहरूसँग समन्वयात्मक ढंगले अनुसन्धानमुखी बनाउँदै लैजानुपर्ने वर्तमान समयको मागलाई सम्बोधन गर्नुको सट्टा हाम्रा  केन्द्रहरू नै अनुसन्धानप्रति उदासीन देखिए। पर्याप्त साधन र स्रोतको अभाव एकातिर होला तर के साँच्चै हाम्रा विभाग र केन्द्रहरूसँग आफू र आफ्ना मातहतका अनुसन्धानकर्ताहरूको सूची या उनीहरूको प्रोफाइल त पर्याप्त छन्  ? यी केन्द्रहरूले कुन कुन समस्याको समाधान खोजिरहेका छन् भन्ने  आफ्नो होमपेजमा उल्लेख गरेका छन् ? यी केन्द्रहरू स्थापनाका लक्ष्य के हुन् र के हुनपर्ने हुन्छ? प्रश्न पर्याप्त छन्।

विश्वमा अनुसन्धान औद्योगिक, सामाजिक समस्या र आवश्यकतालाई मध्यनजर गर्दै उनीहरूसँगको सहकार्यमा  गरिन्छ जसले गर्दा एकातिर अनुसन्धानलाई जीवन्तता प्रदान गर्न भने अर्कोतिर प्राप्त नतिजा तथा निष्कर्षहरूलाई परिणाममुखी ढंगले उपयोगमा ल्याउन सकिन्छ। जस्तो कि जर्मनीको प्रतिष्ठित वैज्ञानिक केन्द्र पÞ्रmाउनहोपÞmर, जसको वार्षिक बजेटमात्रै पनि लगभग अढाइ बिलियन युरो छ, उसले त्यसको झन्डै सत्तरी प्रतिशत रकम आफ्ना अनुसन्धान प्रोजेक्टहरूबाट आर्जन गर्छ। अर्को सानो देश लक्जेम्बर्गको नयाँ लक्जेम्बर्ग विश्वविद्यालय आफ्नो स्थापनाको सन् २००३ बाट आजसम्ममै विश्वको दुई सय उत्कृष्टताको सूचीमा आफ्नो नाम लेखाउन सक्षम छ। हाम्रो भन्दा केही पछि खुलेको चाइनिज युनिभर्सिटी अफ हंगकंग हामीभन्दा निकै नै अगाडि पुगिसकेको छ। सिंगापुर, कोरिया, जापान या विश्वका ठूला राष्ट्रका अन्य कैयन् मुलुकका उच्चकोटिका विश्वविद्यालय र त्यहाँका औद्योगिक क्रान्ति या विकासमा तिनको योगदानको चर्चाको लामै सूची बन्न सक्छ।
यसबाट बेलैमा पाठ सिकेर हाम्रा विश्वविद्यालयका पदाधिकारी, सरकार र सरोकारवाला सबै जिम्मेवार बनौंँ। यी केन्द्रलाई बुझ्न सक्ने, अन्तर्राष्ट्रिय हैसियत र पहुँच राख्ने हाम्रा जनशक्ति परिचालन गरौँ, उनीहरूलाई यो चुनौती सामना गर्ने अवसर र जिम्मेवारी प्रदान गरौँ। औद्योगिक उत्पादन, वितरण, वातावरण, विपत् व्यवस्थापन, पर्यटन, कृषि, अर्थ, संस्कृति, ऊर्जा, स्वास्थ्य तथा सूचनालगायत अनेकन समस्या निराकरणमा विश्वविद्यालयका उच्च जनशक्तिहरूको अनुसन्धानात्मक ध्यान केन्द्रित गर्ने र सोका लागि विश्वविद्यालयहरूमा सम्बन्धित क्षेत्रको लगानी आउने वातावरणको बाटोमा लागौँं।

लाग्दैन कि अहिले त्रिविसँंग दक्ष जनशक्ति अभाव छ। न त योप्रतिको विश्वास र भरोसामा कुनै कमी नै छ। के छैन त्रिविसँंग ? ऊसंँग पर्याप्त ऊर्जा छ, इतिहासदेखिको विरासत छ, बलियो जग छ र गहन जिम्मेवारी पनि छ। अभाव छ त केवल इच्छाशक्तिको छ। दायित्व बहन गर्नेहरूमै दायित्वबोध र इमान्दारिताको न्यूनता छ।  स्वतन्त्र विश्वविद्यालयको सम्पूर्ण  नेतृत्वकालागि  उनीहरूभित्र विश्वविद्यालयको विकास, कुशल  व्यवस्थापन  र समृद्दिको स्पष्ट खाका र अवधारणा हुनु जरुरी छ। तर पदीय  भागबन्डा या आपसी लुछाचुँडीले उचित व्यक्तिको उचित जिम्मेवारीको सम्भावना अत्यन्त न्यून या असम्भवप्रायः छ। आज सबैको साझा भावनाबाट ओतप्रोत, निष्कलंक,  त्यागी,  उच्च प्राज्ञिक दक्षता तथा योगदानले भरिपूर्ण र सबैले गौरव गर्न लायक नेतृत्व र मातहतका सम्पूर्ण पदाधिकारी आवश्यक छ। त्रिविमाथिको अन्याय तमाम नेपालीप्रति हुने भएकाले त्यस्ता  प्रवृत्ति हावी हुन नदिने र भएमा दण्डित गर्न सक्ने अनि उत्कृष्टलाई पुरस्कृत र थप अवसरको बाटो खुला गर्न सक्ने दूरदर्शीहरूको खोजी आजको आमचर्चामा पर्नुपर्छ जसले मात्र उचित निकास र निष्कर्ष  दिन सक्छ।  कोही कसैको आशीर्वादका रूपमा होइन कि हालसम्म विश्वविद्यालयको उन्नति तथा प्रगतिमा पु¥याएको योगदान र ठोस भावी योजनामा विश्वविद्यालय कति आशावादी हुनसक्छ सोही आधारमा यसकै  प्रांंगणबाट उच्च नेतृत्व चयन गर्नु र तद्नुरूपकै अन्य पदीय व्यवस्थापन गरिनुपर्छ।

अरुको योग्यता तथा क्षमताको उच्च  कदर तथा मूल्यांकन गर्न नसक्नेर नगर्ने, कुनै खास भावी योजना दिन पनि नसक्ने, विभिन्न शक्ति एवं  भक्तिकेन्द्रहरूका पुजारीहरू होइन कि ज्ञान÷विज्ञानका पुजारीको खोजी गरिनुपर्छ, जसको नेतृत्वमा मुलुक औद्योगिकीकरणको बाटोमा लम्कियोस्। अनुसन्धानात्मक समस्याको समधान गर्न सक्ने होस्। संसारका कुशल विश्वविद्यालयहरूसंँगको सहकार्य बढोस्। विदेशी विद्यार्थी एवं प्राध्यापकहरूसमेतको  आकर्षणको केन्द्र बन्न सकोस्। गौचरनको अवस्थामा पुग्दै गरेका विश्वविद्यालयका आँगनहरू फूलैफूलका बगैँचा र हरियालीले हराभरा हुन सकून्। हाम्रो जीर्ण हुँदैगएको घरलाई मजबुत पार्न सकियोस्। कक्षाकोठा तथा प्रयोगशालाहरू विद्यार्थीले भरिपूर्ण हुन्। अध्ययन, अध्यापन, अनुसन्धानका अलावा अन्य संगठनका चाबी÷ताल्चा तथा अख्तियारका  खबरदारी जस्ता अनावश्यक विषयहरूको कहीँ कतै चर्चा÷परिचर्चा नहोस्। त्यस्तो भयो भनेमात्रै त्रिविको भविष्य सुनिश्चित छ। उच्च छ र मुलुकको समृद्धिको यात्रा पनि सम्भव छ। यही बाटोले नेपाल सरकार जसले हालसम्म त्रिविको भविष्य  संबाहकहरूको  नियुक्तिको जिम्मेवारी पाएको छ, सोको पनि उचित मूल्यांंकन हुनसक्छ भविष्यमा।  विपरित बाटोले त्रिविको मात्रै हैन, नेपालकै भविष्य अन्धकार  बनाउनेछ। आशा गरौँ, हाम्रा सपनामा तुषारापात नहोस् कहीँं कतैबाट ! (३० वर्षदेखि त्रिवि गणित केन्द्रीय विभागमा प्राध्यापनरत धमला, नेपाल गणित समाजका पूर्वसभापति तथा अनुसन्धानकर्ता हुन्।)








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad