बेइजिङ डायरी

बढ्दै भारतविरोधी भावना

बिहिबार, ०२ साउन २०७६, ०८ : ३२ चेतनाथ आचार्य

केही दिनअगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछि ४ वर्षसम्म पनि नेपालसँग सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरूले चासो व्यक्त गरेको समाचार प्रकाशन ग¥यो। भारतीयहरूको बुझाइमा नेपालमा भारतविरोधी भावना बढ्दै गएको छ। समाचारमा नेपाल चीनतिर ढल्किएको भन्दै भारतीयहरूले चिन्ता व्यक्त गरेको पनि उल्लेख छ। भारतका एकजना विज्ञको भनाइ उद्धृत गर्दै सो समाचारमा भनिएको छ– ‘आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवद्र्धन गर्ने बुँदामा भारतको विशेष चासो छ।’

समाचारमा उद्धृत गरिएका कथित भारतीय उच्च बौद्धिक वर्गले नेपालविरुद्ध अनर्गल आरोप लगाएका छन्। नेपाल सार्वभौमसम्पन्न राष्ट्र हो। भारत बेलायतको उपनिवेश बनिरहँदा नेपाल स्वतन्त्र राष्ट्र थियो। चीन–भारतबीच अवस्थित नेपालले दुवै छिमेकीसँग समदुरीमा सुमधुर सम्बन्ध राख्दै आएको छ। नेपाललले पूर्वाधार विकास र समृद्धिका लागि दुवै छिमेकी मुलुकसँग हातेमालो गर्नसक्छ र गर्छ। छिमेकी मुलुकबाहेक अन्य राष्ट्रसँग पनि नेपालले सहकार्य गर्छ। यसमा भारतको टाउको दुखाइ बुझिनसक्नु छ।

सधैँ थिचोमिचो गर्ने अनि चीनले नेपालमा सहयोग ग¥यो भन्दै मरिचजस्तै चाउरिने भारत पहिले आफू इमान्दार हुन आवश्यक छ । भारतसँग यो प्रश्नको जवाफ छ–  ४ वर्षअगाडि भूकम्पले ध्वस्त नेपालविरुद्ध के कति कारण नाकाबन्दी लगायौ ?

आर्थिक विकासमा चीनसँग नीतिगत सहकार्य गर्ने र नेपालमा चीनको लगानी प्रवद्र्धन गर्ने बुँदा नितान्त नेपालको स्वार्थअनुकूल छ। नेपालमा चिनियाँ लगानी वृद्धि गर्ने र नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग भित्रिने कुरा स्वयं भारतका लागि पनि अनुकूल छ। नेपालमा जति विकास हुन्छ, त्यसको प्रभाव स्वतः भारतमा पनि पर्छ। एकाइसौँ शताब्दीमा विश्वव्यापीकरणले संसारलाई सानो गाउँमा परिणत गरिसकेको छ। यस्तो अवस्थामा एक देशको विकासले छिमेकी मुलुकलाई सकारात्मक प्रभाव पार्छ भने विनाशले नकारात्मक असर।

चीनले विशेष गरी विकासोन्मुख मुलुकको पूर्वाधार विकासमा सहकार्य गर्ने उद्देश्यले ल्याएको बिआरआईमा नेपाल प्रवेश गरिसकेको भए पनि भारत पन्छिँदै आएको छ। विकासको यो महापरियोजनामा अन्ततः भारत पनि सहभागी नभई सुख छैन। बिआरआईको समान उद्देश्य लिएको चिनियाँ प्रवद्र्धनको एसियाली पूर्वाधार लगानी बैंकमा भारत संस्थापक मुख्य सेयर होल्डर  बनिसकेको छ। भारतवरिपरि रहेका दक्षिण एसियाका प्राय मुलुक बिआरआईमा सहभागी भइसकेका छन्। विकास अभियानमा नेपाल सहभागी हुँदा भारतको बेखुसी हुनु उसको हीनताबोध र डाहबाहेक अरू केही होइन। भारत नेपालमा स्थिरता, विकास र समृद्धि कहिल्यै पनि देख्न चाहँदैन भन्ने कुरा उल्लिखित तथ्यबाट पुष्टि हुन्छ।

नेपालमा आफूविरोधी भावना बढ्दै गएकामा भारतको चासो हुनु स्वाभाविक हो। तर यसको मूल कारणमा ऊ कहिल्यै प्रवेश गरेको देखिँदैन। तीन पटकसम्म नेपालविरुद्ध नाकाबन्दी लगाएर भारतले नेपालमा आफूविरोधी भावनामा मलजल गरेको छ। इतिहासका धेरै पाना पल्टाउनै पर्दैन, ४ वर्षअघि मात्र भूकम्पले थिलथिलो भएको अवस्थामा नेपालविरुद्ध नाकाबन्दी गरेर भारतले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि आफूविरोधी भावना बढायो। अहिलेसम्म भारतले त्यस गल्तीमा माफी मागेको छैन।

नेपालमा भारतविरोधी भावना बढ्नाको अर्को कारण– नेपालको तराई क्षेत्र डुबानमा पर्नु  हो। भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै मिचाहा प्रवृति देखाउँदै आएको छ। सीमा क्षेत्रनजिकै विभिन्न संरचना खडा गरेर वर्षात्मा नेपाललाई डुबाउने र सुक्खायाममा नेपालको पानी एकलौटी बनाउने नीति लिएको छ। फलतः बर्सेनि नेपाल डुबानमा पर्ने गरेको छ। गत हप्ता मनसुनी झरीले नेपालको २ नम्बर प्रदेशमा देखिएको विपद् त्यसैको एउटा उदाहरण हो।

वरिष्ठ सीमाविद् तथा सीमा अध्येता बुद्धिनारायण श्रेष्ठका अनुसार भारतले सीमावर्ती क्षेत्रमा ब्यारेज, ड्याम, बाँध, तटबन्ध, जोड्ती बाँध र चक्र बाँधजस्ता संरचना बनाएर नेपाललाई डुबानमा पारिरहेको छ। यसबाहेक नेपालको सीमानजिकैबाट भारतले राजमार्ग र रेलमार्गजस्ता संरचना पनि बनाएको छ। फलस्वरूप वर्षा याममा नेपालको करिब १२ हजार ४ सय बिघा डुबानमा पर्छ भने सुक्खा याममा पनि २ हजार ८ सय बिगाहा जमिन डुबानमा पर्ने गरेको छ।

नेपाललाई डुबाउने भारतीय संरचनामध्ये बाँकेको लक्ष्मणपुर बाँध, कपलिवस्तुनजिक महलीसागर बाँध, रूपन्देहीको रसिवाल खुर्दलोटन जोड्ती बाँध, रौतहटको बैगरनिया चक्र बाँध, सप्तरीको कुनौली तटबन्ध र मोरङको लौना तटबन्ध मुख्य हुन्। यीबाहेक कोसी ब्यारेज, गण्डक ब्यारेज, भैसालोटन ब्यारेज बहुचर्चित छन्। भारतले नेपालको सीमावर्ती क्षेत्रमा १ हजार ७ सय ५० किलोमिटर राजमार्ग बनाइसकेको छ भने यस्ता संरचना निरन्तर निर्माण गरिरहेको श्रेष्ठले बताएका छन्। यसले नेपालको तराई क्षेत्र थप डुबानमा पार्ने निश्चित छ।

भारतले अनधिकृत रूपमा बनाएका उल्लिखित संरचनाले वर्षात्मा भारतलाई पनि दुःख दिने गरेका छन्। थुनिएको बाढीले घचेटेपछि कतिपय संरचना भत्किएका छन्, जसले गर्दा भारतको तल्लो तटबन्धमा बसेका नागरिक डुबानमा पर्नु स्वाभाविक हो। गजबको कुरा त के छ भने यस्तो अवस्थामा पनि भारतीय नेता र भारतीय सञ्चारमाध्यमले नेपाललाई नै दोष लगाउने गरेका छन्। प्राकृतिक रूपमा बग्ने नदी र खोला थुन्ने भारत, अनि थुनिएको भाग भत्काएर बाढी भारतीय भूमिमा पस्दा नेपाललाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने भारतको चरित्रै हो। यस्तो प्रवृत्ति नत्यागेसम्म नेपालमा भारतविरोधी भावना घट्दैन। भारतको यस्तै व्यवहारले गर्दा सप्तरी तिलाठीमा किसान जुर्मुराउन बाध्य हुन्छन्। नवलपरासीको महेशपुरका बासिन्दा बाँध भत्काउन तम्सन्छन्।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार सीमा क्षेत्रको ८ किलोमिटरभित्र कुनै बाँध वा तटबन्ध निर्माण गर्नुपरे सम्बन्धित मुलुकसँग सम्झौता र सहमति गर्नुपर्ने हुन्छ। तर भारतले नेपालको सीमानजिकै जे जति संरचना बनाएको छ, कुनैमा नेपालसँग सम्झौता र सहमति गरेको छैन। नेपालकै भूमिमा बनाइएका कोसी ब्यारेज, गण्डक ब्यारेज र शारदा नहर तथा टनकपुर ब्यारेजमा भएका सम्झौता र सहमति पनि पालना भएका छैनन्। नेपाल नराम्ररी ठगिएको छ। नेपालका नदीनालामा आँखा गाडेर जलविद्युत् परियोजना ओगट्ने, तर कहिल्यै नबनाउने अनि नेपालमा चिनियाँ लागनी प्रवद्र्धन हुँदा टाउको दुखाउने भारतले आत्मसमीक्षा गर्न आवश्यक छ।
भारतले नेपालसँग सम्बन्ध सुमधुर बनाउन र नेपालमा उर्लिएको आफूविरोधी भावना मत्थर पार्न कथित नेताका भाषण र चिन्ताले मात्र सम्भव छैन। भारतले ऐना होइन, आफ्नो अनुहार सफा गर्न जरुरी छ। भारतीय सीमा सुरक्षाबलका सुरक्षाकर्मी हतियारसहित अनधिकृत रूपमा नेपाल प्रवेश गर्ने, खुलेआम गोली हानेर नेपालीको हत्या गर्ने (कञ्चनपुरमा गोविन्द गौतम), नेपालमा लुटपाट, अपहरण र हत्या गर्ने व्यक्तिलाई संरक्षण गर्ने, भारतमा काम गरेर फर्किएका नेपालीलाई सीमा क्षेत्रमा दुःख दिने, विभिन्न बाहनामा नेपालीको मानमर्दन गर्ने, भारतीय सञ्चारमाध्यममा नेपालबारे भ्रामक र दुराशयपूर्ण सामग्री सम्प्रेषण गर्ने गतविधिले नेपाली नागरिकमा भारतविरोधी भावना जागृत गराएको हो। त्यति मात्र हैन, नेपालमा खुलेआम हस्तक्षेप गर्ने र राजनीतिक अस्थिरतामा प्रवेश गरेर सूक्ष्म व्यवस्थापन गर्न खोज्ने कार्यले पनि भारत नेपालमा बदनाम भएको छ।
नेपाल–भारतबीच विशेष सम्बन्ध छ। खुला सिमानासँगै युगौँदेखि रोटीबेटीको सम्बन्ध छ। साझा संस्कृति, भाषा, धर्म र भूगोल रहे पनि भारतले नेपालप्रति कहिल्यै सकारात्मक सोच राखेन। सधैँ थिचोमिचो गर्ने अनि चीनले नेपालमा सहयोग ग¥यो भन्दै मरिचजस्तै चाउरिने भारत पहिले आफू इमान्दार हुन आवश्यक छ। भारतसँग यो प्रश्नको जवाफ छ–  ४ वर्षअगाडि भूकम्पले ध्वस्त भएको नेपालविरुद्ध के कति कारण नाकाबन्दी लगायौ ? आचार्य, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई (बेइजिङ)मा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad