coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शान्तिप्रक्रियाका बाँकी काम छिट्टै टुंगिनेमा जर्मन आशावादी

काठमाडाैँ - युरोपियन मुलुक जर्मनले नेपालको शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगिने विश्वास व्यक्त गरेको छ। दुई दिने नेपाल भ्रमणमा आएका जर्मनको परराष्ट्र मन्त्रालयका साउथ एसिया आयुक्त मार्कुस पोटजेलले नेपालमा उच्चस्तरीय भेटघाटका क्रममा नेपाल शान्ति प्रक्रियाप्रति जर्मन सरकारको चासो व्यक्त गरेका हुन्। जर्मनले नेपालको मौलिक किसिमको शान्ति प्रक्रियाको प्रशंसा गर्दै बाँकी काम छिट्टै टुंगिने अपेक्षा राखेको हो। जर्मनले नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। जर्मनले नेपालले २०७२ को संविधानमा आधारभूत अधिकारको सुनिश्चितता गरेको भन्दै त्यसको पनि प्रशंसा गरेको छ। जर्मन र नेपाल दुवै राष्ट्रसंघीय मानवअधिकार परिषद्का सदस्य राष्ट्र हुन्।

कमिस्नर पोटजेलले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग भेट गरेका थिए।

मंगलबार दुई मुलुककाबीच परराष्ट्र मन्त्रालयस्तरीय पहिलो संयुक्त राजनीतिक परामर्श बैठकको समेत आयोजना गरिएको छ। दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने संयुक्त घोषणापत्रमा समेत हस्ताक्षर भएको छ। भविष्यमा यस किसिमका परामर्श र छलफल वार्षिक रूपमा आयोजना गर्न दुवै पक्ष सहमत भएका छन्। परामर्श बैठकमा विदेशी प्रत्यक्ष लगानी भिœयाउने तथा जर्मनको निजी क्षेत्रको लगानी नेपालमा भित्र्याउने विषयमा पनि छलफल भएको थियो। जर्मनले नेपालले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न पनि सघाउने प्रतिबद्धता जनाएको छ।

दुवै मुलुकले अन्तर्राष्ट्रिय र क्षत्रिय परिस्थितिको मूल्यांकन गर्दै नियममा आधारित बहुपक्षीय र क्षत्रिय सहयोग आवश्यकताबारे सहमति जनाएका छन्। बैठकमा जलवायु परिवर्तनलाई दुवै मुकले मानवताका लागि निकै गम्भीर चुनौतीका रूपमा चित्रित गरेका छन्। यसका लागि दुईपक्षीय र बहुपक्षीय सहकार्यमा जोड दिनेमा दुवै पक्षबीच सहमति भएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App