coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरीमा डुबेर दुईको मृत्यु

भोजपुर– जिल्लाको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ। 

हिजो मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरिराखेको पोखरीमा साँझ स्थानीयले डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। 

प्रकाशित: १ श्रावण २०७६ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App