लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

बुधबार, ०१ साउन २०७६, १८ : ५२ नागरिक

काठमाडाैं- आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

यस्तै ठूला कम्पनीका कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.८६ विन्दुले बढेर २७४.११ मा पुगेको छ। नेप्से परिसूचक दोहोरो अङ्कले बढेपनि कारोवार रकम भने औसतमै सीमित रहेको छ । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर रु ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोवार भए। कारोवार भएका ११ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर वृद्धि भएको छ।

होटल २७.२ र वित्त १.२६ अङ्कले घट्दा बैंकिङ १६.६९, विकास बैंक २७.३५, जलविद्युत् १८.७३, निर्जीवन बीमा ५५.०२, उत्पादन ३५.२८, अन्य २.९२, लघुवित्त २५.९८, जीवन बीमा ४९.६९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ।

स्टकका अनुसार कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड ७५ लाख २२ हजार २४९, नेपाल लाइफ इन्स्योरेन्स रु दुई करोड ९५ लाख ६४ हजार ४२७, शिवम् सिमेन्ट रु दुई करोड ४० लाख १० हजार ३५८, माथिल्लो तामाकोशी रु दुई करोड १३ लाख ९५ हजार ५१४, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर रु एक करोड ५४ लाख ६० हजार ९५१ र नविल बैंकको रु एक करोड ४१ लाख १४ हजार ४९६ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे।

त्यस्तै उन्नती माइक्रोफाइन्नान्स वित्तीय संस्थाका शेयरधनीले ७ प्रतिशतले कमाउँदा समिट लघुवित्त वित्तीय संस्था ६.८६, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.७६, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.५७ र स्वरोजगार लघुवित्त विकास बैंकका शेयरधनीले ५.४४ प्रतिशतले कमाए। यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ९, दिव्यश्वरी हाइड्रोपावर ८.९७, युनाइटेड फाइनान्स ५.२०, अरुण कावेली पावर ४.२५, रिलायन्स फाइनान्स ३.९६ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए।  रासस







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad