मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका सुनबहादुरलाई सफाइ

बुधबार, ०१ साउन २०७६, १७ : ५३ भगवती लामा

नुवाकोट– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्।

तत्कालीन नुवाकोट अदालतका जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले वडाध्यक्ष तामाङलाई ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। कैद जीवन बिताइरहेका वडाध्यक्ष तामाङलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले गएको असार ३० गते सोमबार ‘प्रतिवादी सुनबहादुर तामाङलाई कसूरदार कायम गरी सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिँदा सफाइ पाउने ठहर्छ,’ भनी सफाइ दिएको हो।

तामाङले भारतमा बेचेको आरोप लगाई गाउँ फर्किएका युवतीहरूले सामाजिक संस्थाको सहयोगमा उनीविरुद्ध २०७२ कात्तिक १८ गते  मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए।

त्यस समयमा नुवाकोट प्रहरीले पक्राउ गरी अदालतमा बुझाए पनि पाँच लाख रुपैयाँ धरौटीमा तामाङ तारिखमा छुटेका थिए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तामाङले नेपाली कांग्रेसको पक्षबाट वडाध्यक्षमा जित हासिल गरेका थिए।

२०७४ चैत ७ गते तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कार्यकक्षबाटै पक्राउ गरेको थियो। उनलाई कैद सजाय भएपछि अध्यक्ष पद रिक्त थियो। रिक्त पद परिपूर्तिका लागि ज्येष्ठताको आधारमा नाङसाङ तामाङलाई जिम्मेवारी दिइएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad