coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निर्माण व्यवसायी निःशुल्क सडक मर्मत गर्न तयार

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका डोजर तथा स्काभेटर व्यवसायीले वर्षाका कारण अवरुद्ध सडक निशुल्क मर्मतको जिम्मा लिएका छन्। लगातारको वर्षाका कारण अवरुद्ध भएको सडक सुचारु गराउनका लागि गाउँपालिकाको आग्रहमा स्थानीय डोजर तथा स्काभेटर व्यवसायी बिग्रे÷भत्केका सडक निःशुल्क मर्मत गर्न तयार भएका हुन्। वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउनका लागि गाउँपालिकाभित्रका निर्माण व्यवसायीलाई निशुल्क मर्मत गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। 

मंगलबार गाउँपालिका र स्थानीय निर्माण व्यवसायीबीचमा भएको बैठकमा टुक्रे खोलादेखि तावा खोलासम्मको सडक मर्मत गर्ने जिम्मा प्रेम राईले, टुक्रेखोलादेखि खरुवा खोलासम्मको सडक मर्मतको जिम्मा सुरेश राईले रातामाटादेखि आहालेसम्मको सडक मर्मतको जिम्मा रामचन्द्र राई र कबिन राईले, खरुवा खोलादेखि टुवाखोलासम्मको सडक मर्मतको जिम्ममा किसान राईले, पञ्चमी–मुलाबारी रमाईलोसम्मको सडक मर्मतको जिम्मा सागर राई र चण्डी राईले तथा पञ्चमी–सापातेल–रेग्मीटार सडक मर्मतको जिम्मा निरकुमार राई र मोहन राईले लिएका छन्। निर्णय अनुसार पञ्चमी–मुलाबारी रमाइलोसम्मको सडक मर्मतको काम सुरु भइसकेको गाउँपालिका अध्यक्ष राईले बताए। 

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा तथा भलपानीले खोतल्दा गाउँपालिकाका अधिकांश सडक ठप्प भएपछि गाउँपालिकाले स्काभेटर तथा डोजर व्यवसायीमार्फत सडक मर्मतको निर्णय गराएको हो। वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँपालिका यातायात सम्पर्कबाट बिच्छेद भएको छ। 

प्रकाशित: १ श्रावण २०७६ १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App