coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भिसिटिएस प्रणालीको शुभारम्भ

काठमाडौं– सरकारले ‘मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली’ (भिसिटिएस) को शुभारम्भ गरेको छ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ भिसिटिएस शुभारम्भ गरेको हो। अब एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार एक कार्यक्रमका बीच सो प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे। उनले मुलुकमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले सो प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे। सो प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

राजस्व अनुसन्धान विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिआरआई डट जिओभी डट एनपी मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने वस्तु र साधनको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ। यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताए। यो व्यवस्था लागू भएसँगै सरकारले मालवाहक सामान चेकजाँचका लागि सञ्चालन गरिएको सबै पोष्टहरू हटाउनेछ। यो प्रणालीबाट वस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ।

प्रकाशित: १ श्रावण २०७६ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App