८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाउँदा बालक बेपत्ता

महोत्तरी-  विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक बेपत्ता भएका छन्। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि नै बेपत्ता भएका हुन्।

सोमबारका दिन गाउँ भन्दा डेढ किलो मिटर पूर्व विग्ही नदीको किनारमा हजुरवुवासंग खेत गएका बालक पंकज बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रवक्ता समेत रहेका डिएसपी माधव प्रसाद बुढाथोकीले बताए।

बालक बेपत्ता भएको खवर पाए लगत्तै त्यस क्षेत्रमा नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाली सेना र मटिहानी नगरपालिकाको युवाहरु बालकको खोजिमा जुटेका छन्।

सोमबार नै बालक बेपत्ता भए पनि जानकारी आउन ढिलाइ भएकोले तत्कालै खोजी कार्य हुन नसकेको स्थानीयले बताएको छ।

यस अघि निरन्तरको वर्षा पश्चात आएको बाढीले महोत्तरीमा ५ वालक र एक वृद्ध सहित ६ जनाको मृत्यु भइ सकेको छ।

असार २९ गते १२ वर्षिय प्रशान्त ठाकुर , पिपरा गाउँपालिका घर भइ मामा घर जलेश्वर जलेश्वर नपा ८ बजराही आएका १३ वर्षिय युवराज ठाकुरको बाढीले बगाउँदा मृत्यु भएको थियो।

यसै गरी असार ३० गते सोनमा गाउँपालिका १ मा ५ वर्षिय बालक ईन्ताफ नदाफ र ६ वर्षिय अजरुद्धीन नदाफको बाढीले बगाउँदा मृत्यु भएको थियो। 

त्यस्तै असार २७ गते बलवा नगरपालिका २ का ७५ वर्षिय बृद्ध हमिद मिंयाको र असार २९ गतेका दिन पहिचान खुल्न नसकेका १६ महिने वालकको भंगहा ४ स्थित रातु खोलामा वगेर मृत्यु भएको थियो। १६ महिने वालकको पहिचान अझै खुल्न सकेको छैन।

 

प्रकाशित: १ श्रावण २०७६ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App