coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

यस्तो बेलामा यौन सम्बन्ध नराखौं

डा. दिनेश बाँस्तोला

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ। कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न।

महिलाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन्। शिशुको स्याहार–सुसार गरिरहेको समयमा आमाले शिशुसँग माया ममता बाँड्छन्। यस्तो अवस्थामा आमाको एकाग्रता शिशुप्रति हुन्छ। स्तनपान गराएको समयमा आमाका लागि अन्य विषय गौण हुन्छ। यौनजन्य काम गौण हुन सक्छ। शिशुलाई स्तनपान गराइरहेको समयमा कुनै पुरुषले महिलालाई यौनका लागि प्रस्ताव गरे त्यस्ता पुरुषप्रति महिलाको वितृष्णा जाग्न सक्छ। त्यसैले महिलाको वितृष्णाबाट बच्न पनि स्तनपानको समयमा पुरुषले महिलालाई यौनका लागि प्रस्ताव नगर्नु नै उचित हुन्छ।

महिनावारी
महिनावारी भएको सात दिनसम्म यौन सम्पर्क गर्नु ठिक हैन। महिनावारी भएको अवस्थामा हर्मने परिवर्तन हुने भएकाले महिलाको पेट दुख्ने मात्रै हैन योनिबाट रगत बग्छ। हर्मनको उत्तारचढाव त हुने नै भयो। यस्तो अवस्थामा यौन सम्पर्क गरेको खण्डमा महिलामा संक्रमण हुने जोखिम हुन्छ। महिनावारी भएको अवस्थामा महिला शारीरिक तथा मानसिक रुपमा कमजोर हुने अवस्था हो। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा झन् कमजोर अनुभूति हुन्छ।

गर्भवती
गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्नु ठिक हैन। गर्भवती भएको अवस्थामा यौन सम्पर्क गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।

गर्भवती भएको अवस्थामा अधिकांश महिलाजन्य हर्मन बढ्ने भएकाले महिलाको शारीरिक तथा मानसिक अवस्थामा उत्तारचढाव आउँछ। उदाहरणको रुपमा बिहानीको समयमा हुने बान्तालाई लिन सकिन्छ। जसलाई मेडिकल भाषामा ‘मर्निङ सिक्नेस’ (बिहानी बिरामी) भनिन्छ। गर्भवती अवस्थामा यौन सम्पर्क गर्दा योनिको मांशपेशी खुम्चने र फुक्ने मात्रै नभई पाठेघरको नरम मांशपेशी पनि खुम्चने र फुक्ने प्रक्रिया हुन्छ। जसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ।

महिनावारी, गर्भवती र स्तनपानको समयमा यौन सम्पर्क गर्नु शारीरिक, मानसिक तथा वैज्ञानिक विश्लेषणले पनि उपयुक्त हैन। यसरी हेर्दा सरदर हप्ताको एकपटक यौन सम्पर्क गर्नु उचित हुन्छ। सोभन्दा बढी गर्नु उचित हुन्न।
प्रस्तुतिः उपेन्द्र खड्का

शुक्ररबार साप्ताहिकबाट

प्रकाशित: १ श्रावण २०७६ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App