८ वैशाख २०८१ शनिबार
खेल

प्रदेश ५ टिम च्याम्पियन

काठमाडौं– ११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रदेश ५ मंगलबार टिम च्याम्पियन बनेको छ। विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णका साथ प्रदेश १ दोस्रो तथा १२ स्वर्णका साथ सुदूरपश्चिम तेस्रो भए।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने। त्यसमा पनि प्रदेशकै वर्चस्व रह्यो। चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए। छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवण केवतले कीर्तिमान बनाए। सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे। त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे। प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरियो।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए। त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे।
 

प्रकाशित: १ श्रावण २०७६ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App