७ वैशाख २०८१ शुक्रबार
खेल

कुङ्फुमा नेपाललाई ५ स्वर्ण

काठमाडौं– दोस्रो अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ। नेपालले थप १ रजत पनि जितेको  बूढानीलकण्ठ उमा कुङ्फु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाए।

सञ्जयराज पुतुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते। अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारे। सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए। तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप १ रजत पनि जिते। प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो।
 

प्रकाशित: १ श्रावण २०७६ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App