coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जाबलेटा यस वर्ष मात्रै इपिएलमा

पाब्लो जाबालेटा ।

नानजिङ, (एएफपी)– अर्जेन्टिनाका भेट्रान फुटबलर पाब्लो जाबालेटाले  आगामी सिजन इङ्लिस प्रिमियर लिगका लागि आफ्नो अन्तिम सिजन हुने बताएका छन्।

मंगलबार वेस्ट ह्यामसँग थप एक वर्षको सम्झौता नवीकरण गरेपछि डिफेन्डर जाबालेटाले यस सिजन इङ्लिस फुटबलमा अन्तिम सिजन हुने बताएका हुन्। फुटबल करियरबाट संन्यास लिने तयारी हो भन्ने प्रश्नमा पाब्लोले त्यसबारे अहिले नै सोच नभएको बताए। ‘म यहाँ एकदम खुसी भएकै कारण खेलिरहेको छु,’ जाबालेटाले भने,‘साथै अहिले पनि आफ्नो अनुभवबाट टोलीका लागि शतप्रतिशत दिन सक्छु।’

‘म अहिले ३४ वर्षको भएँ। बिस्तारै उमेर पनि बढिरहेकाले आफ्नो करियरको अन्त्यतिर आइपुगेको छु,’ अर्जेन्टिनी डिफेन्डर जाबालेटाले भने। उनी दुई वर्षअघि म्यानचेस्टर सिटीबाट म्यानुयल पेलेग्रिनीको टोली वेस्ट ह्याम आएका थिए। उनले अभैm पनि आफू व्यावसायिक फुटबल करियरका लागि पूर्ण फिट रहेको बताउँदै आफ्नो टोलीका लागि हरेक तवरबाट दिन सक्ने क्षमता भएको उल्लेख गरे।

‘वेस्ट ह्याममा निकै खुसी छु। साथै समय राम्रोसँग बितिरहेको छ। युवा खेलाडीलाई पनि सहयोग गरिरहेको छु। पक्कै पनि यस पटक मेरो इङ्लिस फुटबलमा अन्तिम वर्ष हुनेछ,’ जाबालेटाले भने,‘यस पटक विशेष गर्नुपर्नेछ। तर मेरो करियरको अन्त्य नै आइसकेको भन्ने चाहिँ होइन। संन्यास लिनुपर्छ भन्ने समय अहिले नै होइन। अभैm लामो समय फुटबलमा खेल्नु छ।’

पाब्लोले म्यानचेस्टर सिटीबाट दुई पटक प्रिमियर लिगको उपाधि जितेका छन्। यद्यपि, वेस्ट ह्यामबाट भने खासै राम्रो बितिरहेको छैन। उनी सिटीमा हुँदा उत्कृष्ट अट्याकिङ डिफेन्डरको रूपमा पहिचान बनाएका थिए। अझै पनि वेस्ट ह्यामबाट उनले राम्रो प्रदर्शन गरिरहेका छन्। पाब्लोको टोली वेस्ट ह्यामले बुधबार एसियाली टोली नानझिङसँग खेल्दै छ।

प्रकाशित: १ श्रावण २०७६ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App