coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माथिज युभेन्ट्स जाने निश्चित

पेरिस, (एएफपी)– अयाक्सका रक्षक माथिज डे लिग्ट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित हुने निश्चित भएको  छ।

सोमबार इटालियन र नेदरल्यान्ड्सका सञ्चारमाध्यमले यभेन्ट्स लिग्टको अनुबन्धनलाई प्राथमिकता दिएका थिए। यद्यपि अयाक्सबाट केकति मूल्यमा यभेन्ट्स भित्रिन लागेको भन्ने कुनै पनि कुरा उल्लेख भएको छैन।

च्याम्पियन्स लिगको सेमिफाइलनमा अयाक्सको कप्तानी सम्हालेका १९ वर्षीय डच युवा खेलाडी माथिजले व्यक्तिगत तरिकाले युभेन्ट्समा आउन सहमति जनाएका हुन्। यसै अनुसार माथिज मंगलबार मेडिकलका लागि टुरिन आएका थिए। माथिजको मेडिकल परीक्षण बुधबार हुँदै छ। इटालियन सञ्चारमाध्यमले युभेन्ट्स अयाक्सलाई ७ करोड ५० लाख युरो तिर्न सहमत भएको समाचार सर्वाजनिक गरेका छन्। युरोपका प्रतिष्ठित क्लबहरुमा आफ्नो कौशलता देखाइसकेका माथिजको उत्कृष्ट प्रदर्शनमा पछिल्लो सिजन अयाक्स र नेदरल्यान्ड्सलाई राम्रो लयमा देखिएको थियो।

सबैखाले प्रतियोगिता गरेर माथिजले अयाक्सबाट कुल १ सय १७ खेल खेलका छन्। उनले यो अवधिमा कुल १३ गोल गर्दा यसै सिजन डच टोली अयाक्स च्याम्पियन्स लिग अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो। युभेन्ट्सविरुद्धको क्वार्टरफाइनलमा माथेजले गोल गर्दा उनको टोली सेमिफाइनल पुगेको थियो। माथेजले राष्ट्रिय टोलीका लागि १७ पटक खेलेका छन्।

यसअघि युभेन्ट्सले सोमबार आरोन राम्सेलाई सर्वाजनिक गरेको थियो। उनी फ्री एजेन्टमार्फत आर्सनलबाट युभेन्ट्समा अनुबन्धित भएका हुन्। उनी आर्सनलमा सम्झौता अवधि सकिएपछि युभेन्ट्समा अनुबन्धित भएका हुन्।

प्रकाशित: १ श्रावण २०७६ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App