coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटकलाई नयाँ भिसा शुल्क

काठमाडौं – पर्यटन वर्षको पूवाद्र्धमा सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क वृद्धि गरेको छ। मन्त्रीपरिषद्को जेठ १२ गतेको बैठकबाट पर्यटकको भिसा शुल्क वृद्धि गर्ने निर्णय गरे पनि आजबाट लागूहुने भएको छ। अध्यागमन विभागका अनुसार नेपाल आउने सबै प्रकारका विदेशी नागरिकमा लागू हुने गरी भिसा शुल्क वृद्धि भएको हो।

सरकारले यसअधि १५ दिनको पर्यटक भिसा शुल्क २५ अमेरिकी डलर लिँदै आए पनि आजबाट ३० डलर हुने भएको हो। ३० दिनको पर्यटक भिसालाई यसअधि ४० अमेरिकी डलर रहेको थियो भने सो शुल्कलाई बढाएर ५० अमेरिकी डलर पु-याइएको छ। त्यस्तै ९० दिनको एक सय डलर तिर्दै आएका पर्यटकले आजबाट एक सय २५ अमेरिकी डलर बुझाउनु पर्ने विभागले जनाएको छ।

सरकारले विदेशी विद्यार्थीहरुले तिर्दै आएको शुल्कसमेत वृद्धि गरेको छ। विदेशबाट नेपाल पढ्न आउने पर्यटकले प्रतिमहिना २० डलर तिर्दे आएकामा आजबाट ३० अमेरिकी डलर बुझाउनु पर्नेछ। विभिन्न रिसर्चका लागि नेपाल आउने विद्यार्थीले भने ७५ डलर बुझाउनु पर्ने उल्लेख छ।

गैर पर्यटकको रुपमा नेपाल आउने नेपाली मुलका विदेशीले प्रतिमहिना पाँच अमेरिकी डलर बुझाउँदै आएकामा आजबाट १० डलर महिना बुझाउनु पर्नेछ भने नेपालीसँग विवाह गरेको विदेशीले पहिले तिर्दै आएको १० डलरबाट बढेर १५ डलर तिर्नुपर्ने भएको छ। नेपालीसँग वैवाहिक सम्बन्ध भएका विदेशीका आफन्तले बुझाउँदै आएको १५ डलरलाई बढाएर २५ डलर पु-याइएको छ।

सरकारले व्यापारी भिसा शुल्कमा पनि वृद्धि गरेको जनाएको छ। यसअघि विदेशी नागरिकको हकमा नेपालमा १० करोडभन्दा बढी लगानी गर्नेबाट एक वर्षभन्दा कम सयमका लागि १० डलरलाई बढाउँदै २० डलर पु-याइएको छ। त्यस्तै १० करोडभन्दा माथि लगानी गर्ने विदेशी लगानीकर्ताले एक वर्षको एक सय डलरबाट बढेर दुई सय डलर बुझाउनु पर्ने भएको छ। सोहि बरारबरको लगानी बराबरको पाँच वर्षको शुल्क तीन सय डलरबाट बढेर पाँच सय पुगेको छ।

त्यस्तै, नेपालमा आवासीय भिसाका लागि आवेदन दिने विदेशी नागरिकले नयाँ भिसाका लागि दुई सय अमेरिकी डलरबाट बढाएर पाँच सय डलर पुगेको छ। पुरानो भिसा नवीकरण शुल्क प्रतिवर्ष एक सय डलरबाट बढेर दुई सय डलर पुगेको छ। सरकारले कानुनी रुपमा मान्य रहेका भिसाको हकमा भने अवधि बढाउन चाहने पर्यटकले प्रति तीन डलर तोकेको छ।

प्रकाशित: १ श्रावण २०७६ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App