coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फलफूलका बिरुवा वितरण

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले करिब १२ हजार फलफूलको बिरुवा वितरण गरेको छ। व्यवसायिक रूपमा फलफूल खेती विस्तार र प्रवद्र्धनका लागि शाखाले कृषकलाई ११ हजार आठ सय ९० वटा फलफूलका बिरुवा वितरण गरेको हो।

बर्खे बिरुवा वितरण कार्यक्रममार्फत नौ हजार पाँच सय ९० र फलफूल पकेट क्षेत्रका लागि दुई हजार तीन बिरुवा वितरण गरेको छ। चालु आर्थिक वर्ष ०७५/७६ मा आँप, अम्बा, लिची, सुन्तला कागती र अलैंचीका बिरुवा वितरण गरिएको शाखाले जनाएको छ। अम्बा पाँच सय ८०, लिची एक हजार पाँच सय ८०, सुन्तला एक हजार तीन सय ५०, कागती नौ सय र अलैंचीका ६ हजार दुई सय बिरुवा वितरण गरिएको छ।

त्यसमध्ये पकेट क्षेत्रका लागि एक हजार तीन सय सिड लेस लिची र एक हजार आम्रपाली जातको आँपका बिरुवा वितरण गरिएको शाखा प्रमुख शम्भुप्रसाद राईले बताए। पकेट क्षेत्रमा आँप ९० प्रतिशत अनुदानमा वितरण गरिएको छ। यस क्षेत्रमा फलफूल खेतीको राम्रो सम्भावना भएकाले फलफूल खेती विस्तार गर्न लागिएको उनको भनाइ छ।

कृषकले अन्य बिरुवा ७५ प्रतिशत अनुदानमा पाएका छन्। त्यस्तै विद्यालय बगैंचा विस्तार कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका २० वटा विद्यालयलाई निःशुल्क बिरुवा वितरण गरिएको छ। विद्यालयको आवश्यकताका आधारमा न्यूनतम १० देखि ५० वटासम्म बिरुवा लगेका शाखाले जनाएको छ। जग्गा नभएका विद्यालयबाहेक अन्य विद्यालयले बिरुवा लगेका छन्।

प्रकाशित: १ श्रावण २०७६ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App