७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकारलाई एक रुपैयाँ जरिवानाको फैसला

धनगढी – कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानि हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीनदिने सर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार एकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो। जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन सर्त पूरा नगरे उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुनेछ।

‘अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोस्ट गर्न नहुने र आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिबद्धता व्यक्त गर्ने सर्त पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘सर्त पूरा नगरे एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय भोग्नुपर्नेछ।’पत्रकार भण्डारीले अदालतको निर्णयको सम्मान गर्ने तर सो फैसलाले आफूमाथि अन्याय भएकाले पुनरावेदन जाने बताए।
 

प्रकाशित: १ श्रावण २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App