७ वैशाख २०८१ शुक्रबार
समाज

ज्यान मुद्दाका फरार १७ वर्षपछि पक्राउ

धादिङ – कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका–२ का २४ वर्षीय मदन परियारलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गरेको । २०५९ असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा भएको विवाह समारोहमा उनको कुटाइबाट गोरखाको साबिक कान्द्राङ गाविस–१ का ६४ वर्षीय लीलामान परियारको मृत्यु भएको थियो ।

सोमबार काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले बताए । ‘प्रहरीको सक्रियतामा घटना भएको १७ वर्षपछि पक्राउ गर्न सफल भयौं,’ उनले भने, ‘पक्राउ परेकालाई जिल्ला अदालत धादिङमा पेस गरिएको छ ।’ त्यस्तै ११ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–४ का २७ वर्षीय प्रकाश तिमल्सिनाले बालिकालाई असार २६ गते जबरजस्तीकरण गरेको प्रहरीले जानकारी दिए ।

 

प्रकाशित: १ श्रावण २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App