निर्मला पन्त प्रकरण

पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना !

मङ्गलबार, ३१ असार २०७६, २१ : २१ दिलबहादुर छत्याल

धनगढी– कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार इकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो। 

जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुने छ। ‘अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने र आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने शर्त पूरा गर्नुपर्नेछ,’ उनले भने,‘यि शर्त पूरा नगरेमा एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय भोग्नु पर्नेछ।’ अदालतको अवहेलना सम्बन्धमा न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार ‘तुच्छ सजाय’ सुनाइएको हो। 

वादीका तर्फबाट बार इकाईका अधिवक्ताहरुले बहस गरेका थिए भने प्रतिवादीतर्फ कुनै कानुन व्यवसायी नराखी स्वयम् पत्रकार भण्डारीले बहस गरेका थिए। पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेषण गरेको, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै मुद्दा हालिएको थियो। उनीविरुद्ध अधिवक्ता विनोद भट्टले पनि मुद्दा हालेका थिए। 

पत्रकार भण्डारीले तीन दिनभित्र पोष्ट हटाएर आगामी दिनमा माफीसहित आगामी दिनमा नगर्ने प्रतिबद्धता नजाउने भएका छन्। पत्रकार भण्डारीले अदालतको निर्णयको सम्मान गर्ने र कञ्चनपुर जिल्ला अदालतको फैसालाले आफूमाथि अन्याय भएकोले पुनरावेदन जाने बताएका छन्। ‘म माथि अदालतको फैसलाले अन्याय गरेको छ,’ उनले भने, ‘म पुनरावेदन अदालत जान्छु।’ 

आफूले कुनै गल्ती नै नगरेकाले आफू स्टाटस डिलिट नगर्ने र माफी पनि नमागी अदालतका सबै प्रक्रिया पूरा गर्ने बताएका छन्। यदि सर्वोच्चले पनि फैसला सुनाएमा सजाय भोग्न तयार रहेको उनले बताए। उनले यस फैसलालले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि पनि प्रहार गरेको भान भएको दाबी गरे। 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad