coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित दुई पक्राउ

इलाम– इलाम नगरपालिका ३, मकैबारीबाट प्रहरीले ४ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ।  इलाम र पाँचथरबाट खटिएको प्रहरी टोलीले इलामकै सन्दकपुर गाउँपालिका–१ का ३५ वर्षे रामकुमार राई र त्यहींका २७ वर्षे मीनकुमार फागोलाई पक्राउ गरेको हो। 

दुवै जिल्लाको सीमास्थित मकैबारीमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले खड्गबहादुर राई र सनम फागोको गोठबाट हतियारसहित रामकुमार र मीनकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। रामकुमार बसेको गोठबाट बारुद भरेको १ थान, मीनकुमार बसेको गोठबाट बारुद लोड भएको एउटा र नभएका २ थान बन्दुक बरामद गरिएको प्रहरीले जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। 

बन्दुकसँगै केही फलामका टुक्रासमेत फेला परेका थिए। प्रहरीका अुनसार बरामद हतियार अवैध हुन् भने ती बन्दुक के प्रयोजनमा थिए भन्ने अनुसन्धान भइरहेको छ। पक्राउ दुवैलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको एसपी पाण्डेले बताए। 

प्रकाशित: ३१ असार २०७६ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App