विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

मङ्गलबार, ३१ असार २०७६, १८ : ०२ मुक्तिप्रसाद न्यौपाने

पाल्पा– सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

विप्लव राजनीतिको मूलधारमा आउनुको विकल्प नभएकाले वार्तामा बसेको वार्ता टोलीले बताएको छ। सरकार र प्रतिबन्धित पार्टीबीचको छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व गरेका तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले प्रारम्भिक चरणकै छलफल निकै सकारात्मक बनेको बताए। मंगलबार पाल्पामा भेटिएका पाण्डेले आफूहरू औपचारिकरूपमै बृहत्तर छलफलमा जुटेको बताए। उनी भन्छन्, ‘धेरै पटक हामीले अनौपचारिकरूपमा भेट्ने वातावरण मिलाएर औपचारिक वार्ता थालनी गरेका हौं। हाम्रो केही नेताहरूसँग छलफल भएको छ। सरकार वार्ताका लागि तयार भएको कुरा उहाँहरूसँग पु¥याएका छौं।’

राजनीतिक मागहरू, संसदीय व्यवस्था, वैज्ञानिक समाजवाद, समानुपातिक समावेशीलाई अझ सुदृढ गर्ने कुरा विप्लव समूहले उठाएको उनले बताए। छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन,’ पाण्डेले भने, ‘तर छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ।’

पूर्वउद्योगमन्त्रीसमेत रहेका पाण्डेले विप्लव नेतृत्वका उच्चस्तरका व्यक्तिहरूसँग सम्पर्कमै रहेको बताए। ‘हामीसँग छलफलका विषयहरू सुरुदेखिनै भइरहेको छ,’ उनले भने, ‘नेपाली जनताले द्वन्द्व चाहँदैनन्। अब शान्ति आवश्यक छ। उहाँहरू पनि एउटा राजनीतिक पार्टी हो, अब उहाँहरूले विश्लेषण गरेर मूल राजनीतिमा वार्तामार्फत् आउनुहुनेछ भन्ने विश्वासमा छौं।’

(सरकारी वार्ता टोलीका संयोजन गरेका संघीय सांसद सोमप्रसाद पाण्डेसँग पाल्पा संवाददाता मुक्तिप्रसाद न्यौपानेले गरेको कुराकानीमा आधारित)







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad