७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाढीबाट भएको क्षतिप्रति राष्ट्र संघद्वारा दुःख व्यक्त

काठमाडौं– बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ। दक्षिण र दक्षिण–पूर्व एसियाका भेगमा अविरल वर्षापछि आएको बाढीले धेरै मानिस विस्थापित भएका छन्। हजारौंले ज्यान गुमाउनु परेको छ।

बाढी प्रभावित देश नेपाल, भारत, बंगलादेश र म्यान्मार छन्। बाढीबाट ज्यान गुमाउने तथा उनीहरूको परिवार र प्रभावित देशप्रति राष्ट्र संघले समवेदना व्यक्त गरेको हो। साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्र्दै राष्ट्र संघले विज्ञप्ति जारी गरेको छ।

आवश्यक परेको खण्डमा संयुक्त राष्ट्र संघले बाढी प्रभावित देशहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत जनाएको छ।

 

प्रकाशित: ३१ असार २०७६ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App