‘छवि ओझाको अदालतमा सिधै आउनुस, न्याय पाउनु हुन्छ’

मङ्गलबार, ३१ असार २०७६, १५ : २४ नागरिक

काठमाडौं- निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन्। ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत घर फर्किन आग्रह गरेका हुन्। केहि समयअघि श्रीमान ओझासँग बस्न नसक्ने भन्दै पाेखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरु अलग अलग बस्दै आएका थिए।

ओझामाथि पाेखरेलले लगाएकाे आरोपहरु सत्य नभएकोसमेत दाबी छन्। ओझाले भनेका छन् ‘बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै बुढेसकालको सहारा बनेर बस्ने भए आफु कमिकमजोरी सच्याएर गान्धीवादी भएर बस्न सक्छु।’

ओझाले यसअघिका तीन वटी श्रीमतीलाई समेत अन्याय गरेको दाबी गर्दै चौथो श्रीमती पोखरेललाई पनि न्याय दिने बताएका छन्। उनले न्यायको लागि संसारको कुनै अदालतमा जान नपर्ने भन्दै ओझाको अदालतमा सिधै आए न्याय पाउने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन् ‘शिल्पा जि, मैले ५२ वर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं।’

ओझाले विगततिर फर्किएर लेखे ‘छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइँले लगाएका कति आरोपहरु सत्य छन्? यदि तपाईं पनि आफुलाई सच्याएर अझै मेरो श्रीमती, तपाइँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ। हैन र यदि तपाइ साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस। मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन्। तपाइँलाइ पनि पार्दिन।’

ओझाले पोखरेललाई भेट्न खोज्दा अब मेरो वकिललाई भेट्नु भनेको आरोप लगाएका छन्। ‘मैले बिगत ३ दिनदेखि तपाइलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो। म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस्। तपाइले न्याय पाउनु हुन्छ।’

प्रहरीमा दिएकाे उजुरीमा ‘उजुरीमा घरेलु हिंसा ग-यो, कुटपीट ग-यो, थर्कायो, दुर्ब्यबहार ग-यो भन्ने थियाे। तर असार २६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा छलफल गरेपछि उनीहरूकाे झगडा मिलेकाे बताइएकाे थियाे।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad