coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘गल्तीबाट पाठ सिक्नु जरुरी छ’

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा गत शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रस्तुत गर्न सहभागी कलाकारहरूले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन्।

‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थ्यो र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे ! घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन। बाहिर आउनुस् तपाईं हाम्रो आमा हो। हामी तपाईंको लागि ज्यान दिन्छौं, भनेर मैले अव्यवस्थित राष्ट्रिय पुरस्कार कार्यक्रमलाई लिएर फेसबुकमा स्टाटस् लेखेकी हुँ,’ अभिनेत्री करिश्मा मानन्धरले भनिन्, ‘कलाकार भनेको देशको गहना हुन्। शितल निवासमा भएको हलमा व्यवस्थित तरिकाले सम्पूर्ण कलाकारलाई समेटेर अन्तरक्रिया गर्नुपर्ने हो। जनताको कलाकारले जनताको सामु प्रस्तुति देखाउन पाउनुपर्छ।’

अभिनेत्री दिपाश्री निरौलाले प्रायः शीतल निवासमा कार्यक्रम हुँदा महिला र पुरुषलाई फरक कोठा दिन गरिन्थ्यो, तर यसपटक त्यस्तो नभएको बताइन्। ‘नृत्य प्रस्तुति दिन पालो कुरेर बसेका सबै कलाकार सानो कोठामा नभएपछि सकस भएको बस्न बाध्य भएका थियो। प्रस्तुतिको लागि भनेर गइसकेपछि ड्रेस फेर्न समेत समस्या भएको थियो,’ उनले भनिन्।

अभिनेत्री बेनिषा हमालले सामाजिक सञ्जालमार्फत् आफूले अग्रज कलाकारहरूले पुरस्कार वितरण कार्यक्रम अवधिभर भोग्नु परेको नमीठो अनुभव सुन्दा दुःख लागेको बताइन्। उनले भनिन्, ‘कार्यक्रम आयोजकको व्यवस्थापनमा कमजोरी भएको हो। कार्यक्रममा प्रस्तुतिका लागि अग्रज कलाकारहरू प्रतिक्षा गर्दा बस्नलाई कुर्सी समेत नपाएको सुन्दा निराश पारेको थियो। यो गल्तीबाट आयोजकले पाठ सिक्नु जरुरी छ।’

प्रकाशित: ३१ असार २०७६ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App