coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आजबाट नयाँ भिसा शुल्क

काठमाडौं – पर्यटन वर्ष सुरु हुनै लाग्दा सरकारले नेपाल आउने पर्यटकको भिसा शुल्क बढाएको छ। जेठ १२ मा सम्पन्न मन्त्रिपरिषद् बैठकले पर्यटकको भिसा शुल्क बढाउने निर्णय गरे पनि नयाँ शुल्क मंगलबारबाट लागू हुँदैछ।

अध्यागमन विभागका अनुसार नेपाल आउने सबै प्रकारका विदेशी नागरिकमा लागू हुने गरी भिसा शुल्क बढाइएको छ। अहिलेसम्म १५ दिनको पर्यटक भिसा शुल्क २५ अमेरिकी डलर छ। अब ३० डलर लाग्नेछ। ३० दिनको पर्यटक भिसालाई यसअधि ४० अमेरिकी डलर लाग्नेमा अब ५० डलर लाग्नेछ। त्यस्तै, ९० दिनको एक सय डलर तिर्दै आएका पर्यटकले अब एक सय २५ डलर बुझाउनुपर्ने विभागले जनाएको छ।

सरकारले विदेशी विद्यार्थीले तिर्नुपर्ने भिसा शुल्क समेत बढाएको छ। अध्ययनका लागि नेपाल आएका विद्यार्थीले प्रतिमहिना २० डलर तिर्दै आएकामा अब ३० डलर बुझाउनु पर्नेछ। विभिन्न अनुसन्धानका लागि नेपाल आउने विद्यार्थीले भने ७५ डलर बुझाउनु पर्नेछ।

गैरपर्यटकको रुपमा नेपाल आउने नेपाली मूलका विदेशीले प्रतिमहिना पाँच अमेरिकी डलर बुझाउँदै आएकामा अब १० डलर बुझाउनु पर्नेछ। नेपालीसँग विवाह गरेको विदेशीले पहिले तिर्दै आएको १० डलरबाट १५ डलर तिर्नुपर्ने छ। नेपालीसँग वैवाहिक सम्बन्ध भएका विदेशीका आफन्तले बुझाउनुपर्ने भिसा शुल्क १५ डलरलाई बढाएर २५ डलर पु-याइएको छ।

सरकारले व्यापारिक भिसा शुल्कमा पनि वृद्वि गरेको जनाएको छ। यसअधि विदेशी नागरिकको हकमा नेपालमा १० करोडभन्दा बढी लगानी गर्नेलाई लाग्ने एक वर्षभन्दा कम समयको १० डलरलाई २० बनाइएको छ। १० करोडभन्दा माथि लगानी गर्ने विदेशीले तिर्नुपर्ने एक वर्षको सय डलरलाई दुई सय डलर बनाइएको छ। सोही बरारबरको लगानीकर्ताको पाँच वर्षको शुल्क तीन सय डलरलाई पाँच सय सय बनाइएको छ।

त्यस्तै, नेपालमा आवासीय भिसाका लागी आवेदन दिने विदेशी नागरिकले नयाँ भिसाका लागि पाँच सय डलर तिर्नुपर्ने छ। यसअघि उक्त शुल्क दुई सय अमेरिकी डलर थियो। पुरानो भिसा नवीकरण शुल्क प्रतिवर्ष एक सय डलरबाट बढाएर दुई सय डलर बनाइएको छ।

प्रकाशित: ३१ असार २०७६ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App