coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

देशभरका चराहरुकाे चित्रकला भक्तपुरमा

भक्तपुर–देशभरका चराहरु सोमबार भक्तपुरमा भेटिएका छन्। नेपालमा पाइने तथा अन्य विभिन्न मुलुकहरुबाट अस्थायी रुपमा आई केही समय नेपालमा वस्न आउने विभिन्न चराहरु देखिएका हुन्।

जीवित चराहरु नभई चित्रमा रहेका चराहरु देखिएका हुन्। एभरेष्ट आर्ट क्लबका विद्यार्थीद्धारा तयार पारिएका नेपालमा पाइने विभिन्न चराहरुको प्रदर्शनी गरिएको हो। चित्रकलामा एक सय ८० वटा चित्रहरु राखिएका थिए।

राष्टिय चरा डाँंफेदेखि लिएर नेपालमा पाइने भँंगेरा, गिद्ध, कालिज, काग, मैनालगायतका चराहरुका आकर्षण चित्रहरुको प्रदर्शनी गरिएको थियो। प्रदर्शनीको सयौंले अभिरुचिपूर्वक अवलोकन गरेका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, वर्ड वर्ड कन्जरभेसन नेपालका एजुकेशन प्रोग्राम एसोसिएट आनन्दकमार श्रेष्ठलगायतले प्रदर्शनीमा राखिएका चित्रहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए।

प्रदर्शनीको अवलोकनपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विभिन्न कारणहरुले गर्दा चराहरु लोप भइरहेको बेला भएको यस्तो प्रदर्शनी चराहरुको महत्व बुझाउन सकिने विश्वास व्यक्त गरे। यसले चराहरुको संरक्षणमा महत्वपूर्ण सहयोग हुने विश्वास उनको छ। साथै विद्यार्थीले चित्रकला सिक्ने अवसर पनि मिल्ने उनले बताए।

वर्ड वर्ड कन्जरभेसन नेपालका एजुकेशन प्रोग्राम एसोसिएट आनन्दकमार श्रेष्ठका अनुसार नेपालमा स्थायी बसोबास गर्ने र केही समयका लागि विभिन्न मुलुकहरुबाट नेपाल आइ वस्ने गरी हालसम्म आठ सय ८६ प्रजातिका चराहरु रहेको जानकारी गराए। उनका अनुसार यी चराहरुमध्ये गिद्धको अवस्था नाजुक छ। सिनो खाने लगायतका काम गरी वातावरणलाई प्रदूषण हुनबाट जोगाउन सहयोग गर्ने यस्ता चराहरुको संरक्षण आवश्यक भएको उनले औंल्याए।
एभरेष्ट आर्ट क्लवका अध्यक्ष राजेन्द्रप्रसाद याकामीले लामो समयदेखि तयार पारेर संकलित चित्रहरु प्रदर्शनीमा राखिएको बताए। झण्डै दशक समय लगाएर तयार पारिएका संकलन गरिएका चित्रहरुको प्रदर्शन गरिएको उनले जनाए। बोलेर भन्दा चित्रको माध्यमबाट प्रकाबकारी सन्देश जाने भएकाले चित्रको माध्यमबाट चराहरुको संरक्षण आवश्यकताको सन्देश दिनुपर्ने आवश्यकता उनले औंल्याए।

चित्रकला प्रदर्शनीको अवलोकन गर्नेहरुको दिनभर भीड लागेको थियो। विहानेखि बेलुकीसम्म चित्रकला प्रदर्शन गरिएको थियो। प्रदर्शनीको उदघाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए। नेपालको राष्टिय चरा डाँंफेको चित्र कोरेर उनले कार्यक्रमको उदघाटन गरेका थिए।
तस्वीरहरु छन्।

 

प्रकाशित: ३१ असार २०७६ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App