कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलबाट शिक्षक कुटिए

सोमबार, ३० असार २०७६, २१ : ४८ एक्सन राई

भोजपुर– भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन्। 

हिजो आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा आफूलाई प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर  टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए। आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो। ‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थे भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाउनुभएको खबर आयो उहाँको चेम्बरमा गएँ खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी वाहिर प्यासेजमा ल्याएर कुट्नुभयो’, पीडित अधिकारीले सुनाए। यो भन्दाअघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको बताए। 

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे। आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताए। आफ्नो एक महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र विदा गरेको उनको भनाइ छ। 

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहेका छन्। उनले शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत लिखित निवेदन दिएका छन्। भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरि समाधान गरिदिन लेखि पठाएको बताए। 

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरि समस्याको समाधान खोजिने बताए। नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राईले एउटा श्रमजिवीमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन्। उनले घटनाको यथार्थ खोजी सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए। 

यता शिक्षक अधिकारी माथि कुटपिट गरेको आरोप लागेका रमेशकुमार आलेले भने शिक्षकको व्यवहार नै अस्वभाविक भएकोले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको  बताए। विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनको भनाई छ। आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले दाबी गरे। निजको तलबको चेक समेत दिन लागेको अवस्थामा ननिकालेको आलेको भनाई छ।







यसमा तपाईको मत

अन्य समाचार

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

Ncell Footer Ad