प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन

सोमबार, ३० असार २०७६, १८ : ५० नागरिक

काठमाडाैं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ।

देशका विभिन्न ठाउँमा बाढी, पहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल गर्नुपर्ने भएकाले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय छाडेर कतै नजान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिए। मन्त्रालयले विपद्को सयममा कतिपय स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका र सो कारणले स्थानीय तहबाट हुने खोज तथा उद्धार, तत्कालीन राहत तथा शीघ्र पुनःलाभका काममा बाधा परेको भन्ने गुनासो मन्त्रालयमा आएकाले कार्यालय छाडेर कतै नगई राहत र उद्धारमा सहयोग गर्न निर्देशन दिएको छ।

केही दिनदेखि मुलुकमा अविरल वर्षाका कारण मानवीयसहित ठूलो जनधनको क्षति पुगेको छ। निर्देशनमा विपद्को प्रभावकारी र समन्वयात्मक ढङ्गले व्यवस्थापन गर्न सबै प्रमुख प्रशासकिय अधिकृतले आ–आफ्नो स्थानीय तह नछाड्न तथा कुनै कारणले कार्यालयमा उपस्थित नभएको भए २४ घण्टाभित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न भनिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad