प्रतिनिधिसभा स्थगनबारे आरोप प्रत्यारोप

सोमबार, ३० असार २०७६, १८ : ३० नागरिक

काठमाडाैं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ। यता कांग्रेसले मुलुकनै विपत्तिमा परेका बेला बाढी  र डुबान बारे छलफल गरौ भन्दै आफुहरुले राखेको बैठक स्थगनको प्रस्तावलाई सत्तारुढ दलले सदनमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ।

सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित भएपछि संघीय संसद भवन नयाँवानेश्वरमा प्रतिक्रिया दिदै नेकपाका सांसद योगेश भट्टराईले संसदको अलोकप्रियता श्रृजना गरि व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने गल्ती कांग्रेसले गरेको दाबी गरे। उनले बाढी र डुबानको  विपतमा मुलुक परिरहेका बेला सरकारलाई आवश्यक निर्देशन र ध्यानाकर्षण गराउनुको सट्टा कांग्रेसले संसद बन्द गरेर जनताको ध्यान संसदभन्दा अन्यत्र मोड्न खोजेको टिप्पणी गरे।

'संसदमा छलफल गरेर सरकारलाई उद्धार, राहत, डुबान खोल्न भारतसँग पहल कदमी गर्नका निम्ति ध्यानाकर्षण गराउनुपर्ने जस्तो बेला संसद बन्द गरेर जनताको ध्इान संसद भन्दा अन्यत्र मोड्ने काम भएको छ।' भट्टराईले भने, 'प्रतिनिधिमुलक संस्थालाई बद्नाम गर्ने, त्यसलाई चल्न नदिने, संसदको अलोकप्रियता श्रृजना गर्ने र व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने जस्ता गल्ती भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत त्यही व्यवहारलाई आज पनि निरन्तरता दिएको छ।'

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानविन समिति गठनको माग गर्दे जारी राखिएको संसद अवरोध खोलेर बाढी र डुबानका विषयमा छलफल गरौ भनी राखेको स्थगनको प्रस्तावलाई सत्तारुढ दलले संसदमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ। प्रमुख सचेतक बालकृष्ण खाँडले बाढी पहिरोको विषयमा सदनमा छलफल गर्न सभामुख सैद्धान्तिक रुपमा तयार भए पनि सत्तापक्ष तयार नभएकाले बैठक अवरुद्ध भएको दाबी गरे। उनले सत्तापक्ष मुलुकको विषम परिस्थितिप्रति गम्भीर र उत्तरदायी नभएको टिप्पणी गरे।

'सत्तापक्ष गम्भीर छैन। जनताप्रति उत्तरदायी छैन। जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न चाहदैन।' खाँडले भने 'मुलुकका कुनै पनि समस्यालाई सम्बोधन गर्ने क्रममा सबै राजनीतिक शक्तिहरु र मुलुकका शक्तिहरु एकढिक्का भएर अगाडि बढोस् भन्ने चाहदैनन्। सत्तापक्षी एक्लै हिड्न चाहन्छ।'

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिपक्षी दलको स्थगन प्रस्ताव र बैठक स्थगित हुनुको कारण बारे आफुलाई जानकारी नभएको बताए। राजपाका सांसद लक्ष्मणलाल कर्णले स्थगन प्रस्ताव दर्ता गरेर बैठकका लागि आउदै गर्दा बैठक स्थगित भएको बताए। कांग्रेसको प्रस्तावमा सत्तारुढ दलको असहमति भएपछि सचिवालयले बाढी र डुबानको कारण देखाउदै सोमबारको बैठक सुचना टाँसेर साउन ८ गतेसम्मका लागि स्थगित भएको जनाएको छ।





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad