हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने

सोमबार, ३० असार २०७६, १८ : २१ नागरिक

काठमाडाैं– नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ।

बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो। लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर सो प्रावधान राखेर अघि बढने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए। त्यसैगरी बोर्डले गत आर्थिक वर्षबाट सुरु भएको 'एक नेपालीः एक डिम्याट खाता’  नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ। बोर्डले ५० करोड वा सो भन्दा माथिका र एक अर्ब वा सो भन्दा बढिको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तरगत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ। पूँजी बजारको गतिशील विकासमा सहयोग पु-याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्धारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

Ncell Footer Ad