८ वैशाख २०८१ शनिबार
समाज

छायाँनाथ रारा नगरपालिकाकोे नीति तथा कार्यक्रम सार्वजनिक

मुगु–छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ।

छायाँँनाथ रारा नगरपालिकालाई सम्पन्न, सुविधायुक्त, समावेशी  स्वच्छ र सुव्यवस्थित  नगरको रुपमा विकास गर्ने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरपालिकाले  नगरका १४ वटै वडामा जनताले प्रत्यक्ष अनुभुति गर्ने  आर्थिक समृद्धि, सामाजिक रुपान्तणमा टेवा पुग्ने भौगोलिक सन्तुलन कायम राख्ने योजना तर्जुमा, मागमा आधारित माटो सुहाउँदो कार्यक्रम सञ्चालन गरी यस क्षेत्रको गरिबी न्युनिकरण गर्ने बताइएको छ।

नगरका १४ वडाका सबै बस्तीमा सडकसञ्जालबाट गाउँ र शहर जोड्ने योजना छ। त्यस्तै एक गाउँ एक पक्की सडक, एक बस्ती एक ग्राभेल सडकलाई प्रथामिकता दिई सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

गमगढी बजारमा चक्रपथ निर्माण यसै वर्ष सम्पन्न गर्ने तथा नगरपालिकाको सडक गुरुयोजना निर्माण गरिने नगर प्रमुख शाहीले बताए। नगरपालिकाकाे रेडक्रस चोक हुदै राता चौर सम्मको सडक निर्माण कार्य अघि बढाउने योजना रहेका छ।

'उज्जालो घर, राम्रो नगर'  अभियान अन्तर्गत सबै बस्तीमा विद्युत सेवा बिस्तार गने तथा नगर भित्र संभावित क्षेत्रहरुमा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी २ वर्ष भित्र १ मेगावाट बिद्युुत उत्पादन गर्ने गाउँपालिकाको योजना छ।

त्यस्तै दुध, फुल, माछामासु उत्पादनमा आत्मनिर्भर बन्दै कृषिजन्य वस्तुको उत्पादनलाई प्राथमिकतामा राखेको नगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यद्यपी, नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा प्रशासनिक तथा पुँजीगत बजेट कति भन्ने उल्लेख गरिएको छैन्। तर, सानादेखि ठुला योजनाहरु बनाई एकमुष्ट २६ करोड ४४ लाख ४४ हजार ३ सय ८३ रुपैयाँ गत वर्षको मौज्दात देखाइएको छ।

प्रकाशित: ३० असार २०७६ ११:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App