४ वैशाख २०८१ मंगलबार
समाज

धरापमा विपी राजमार्ग

लगातार परेको अविरल वर्षासँगै विपी राजमार्गमा झरेको पहिरो र पन्छाउने कसरत गर्दै स्थानीय र सुरक्षाकर्मीहरु ।

सिन्धुली– जथाभावी ट्रयाक सडक निर्माणले विपी राजमार्ग नै धरापमा परेको छ। अव्यवस्थित रुपमा राजमार्गका जताततैबाट ट्रयाक सडक खोल्दा त्यहि ट्रयाकबाट पहिरो खसेपछि राजमार्गनै हाल धरापमा परेको छ।

पाँच दिन निरन्तर परेको वर्षाले विपी राजमार्गको ५० भन्दा बढी स्थानमा पहिरो गएको छ। जसमध्ये धेरैजसो राजमार्गको जथाभावी खोलिएको ट्रयाक सडकबाटै पहिरो खसेको स्थानीय बताउँछन्। काठमाडौंबाट धरान हिडेका शिव रेग्मी राजमार्गलाई जोडेर जथाभावी खोलिएको ट्रयाककै कारण राजमार्गको विभिन्न स्थानमा पहिरो गएको देखिएको बताउँछन्।

सोमबार विहान आफ्नै निजी गाडीमा धरान हिडेका उनले काठमाडौंबाट सिन्धुलीसम्म आउँदा निकै समस्या झेल्नु परेको सुनाए। पहिरो गएको क्षेत्रमा एकतर्फी गाडी त खुलेको रहेछ, तर निकै मुस्किलले सिन्धुली सदरमुकाम आइयो, उनले भने, जथाभावी ट्रयाक सडकनै हालको पहिरो भएको देखियो। ट्रयाक सडकबाट पानी पर्नासाथ लेदो झर्ने र त्यसले राजमार्गमा समेत असर पुग्ने उनले बताए।

देशकै नमुना राजमार्गको परिचय बनाएको विपी राजमार्गकै अवलोकनकै लागि पनि सयौं पर्यटक आवातजावत गर्ने राजमार्गसँग जोडेर जथाभावी अवैज्ञानिक तरिकाले सडक निर्माण गर्दा जोखिम बढेको बताए। यसरी जथाभावि अव्यवस्थित सडक निर्माण गर्दा राजमार्ग धरापमा पर्दैन र? उनले नागरिक न्यूजकर्मीसँग प्रतिप्रश्न गदै भने– ‘सडक छेउछाउको हरियालीनै उजाड बनाएर पाखो भत्काउँदा बर्खा लागेसँगै पहिरोनै हुने हो, त्यसले सडक धरापमा परेको देखियो।

पछिल्लो सयम जथाभावी ट्रयाक सडक खन्दा विपी राजमार्गमा धरापमा परेको छ। गोलञ्जोर गाँउपालिका ५ मा खुलेको एक रिर्सोटले ट्याक सडक खोलेर रिर्सोटसम्म पु¥याउदा त्यहि ट्याकमा हाल झ्यार पानी पर्न नपाउँदै ठुला पहिरो खस्ने र राजमार्गलाई अवरोध गर्ने गरिरहेको स्थानीय बताउँछन्। कमलामाई नगरपालिका–३ चपौलीका राजन अधिकारी जथाभावी खनिएको ट्रयाक सडकले विपी राजमार्गमा पहिरै पहिरो भएको र जोखिम बढेको बताउँछन्। ट्याक सडकबाट खस्ने पहिरोले विपी राजमार्गनै धरापमा पर्ने अवस्था आएको छ, उनले भने, गोलञ्जोर गाँउपालिकाले लाखौं खर्च गरेर बनाएको साइकल जोन र रिर्सोटमा जाने बाटोले सधै दुःख दिन्छ यसका अलवा अन्य ट्याक सडकले जोखिम बढाएको छ। विपी राजमार्गसँग जोडेर जथाभावि ट्याक सडक भत्काउदा सडकको भविष्य खतरामा पर्न थालेको स्थानीय स्वयम् बताउँछन्। इन्जिनियरबिना राजमार्गमा भएका अग्ला पर्खाल भत्काई एक्स्काभेटर लगाउँदा राजमार्गको आसपासका वालसहित राजमार्गनै वर्षायाममा बग्ने खतरा भएको हो।

हिउँदयाममा जसोतसो ट्रयाक्टर गुड्ने गरि भत्काइएका प्राय ट्रयाक वर्षायामसँगै पहिरोमा परिणत हुने गरेका छन्। विपी राजमार्गकै जथाभावी खोलेर बनाइएको ट्रयाक सडकले राजमार्गनै वर्षायाममा बग्ने खतरा भएको छ। पाँच दिनकै वर्षाले राजमार्ग तहसनहस बनाएको छ।  सडक निर्माण गर्दा आइइइ अनिवार्य गर्ने पर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने भएपनि कुनै पनि अध्ययन इन्जिनियर डिजाइनबिनै राजमार्गलाई नै धरापमा पारेर जथाभावी ट्रयाक खोलिँदा राजमार्गको भविष्यनै खतरामा परेको छ।

सडक विभागका सहायक प्राविधिक रमेश आचार्य जथाभावी ट्रयाक सडक निर्माण गर्न नहुने बताउँछन्। हामीले प्राविधिक इस्टमेटबिना राजमार्गलाई असर पुग्ने गरि ट्रयाक नखोलौं भनेका छौ, तर जथाभावी ट्रयाक सडक खोलिएको छ, उनले नागरिक न्यूजसँग भने। उनका अनुसार जथाभावी खोलिएको ट्रयाक सडकनै राजमार्ग अवरोध गर्ने पहिरो बन्दै गएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंह ट्रयाक सडक खोलिएका क्षेत्रमा पहिरो नियन्त्रणमा आउनै मुस्किल भएको बताउँछन्। पानी पर्नासाथ माथिबाट लेदो आएर राजमार्ग अवरोध हुन्छ, उनले भने, विपी राजमार्गमा गएको धेरै पहिरो जथाभावी खोलिएका ट्रयाक सडकनै देखियो। विपी राजमार्गको दर्जनौ स्थानमा जथाभावी भत्काएर ग्रामिण सडकहरु निर्माण भएका छन्। तर ति सडक कुनै पनि व्यवस्थित भने हुन सकेका छैन्। अव्यवस्थित र अवैज्ञानिक ढंगले खोलिएको सडकले राजमार्ग जोखिममा पारेको हो।

प्रकाशित: ३० असार २०७६ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App