‘मिस इंग्ल्याण्ड’को फाइनलमा नेपाली युवती (भिडियाे)

सोमबार, ३० असार २०७६, १५ : २६ चिरन शर्मा  | @chiranuk

लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन्। नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको  फाइनलमा पुगेकी हुन्।

१ अगष्टमा न्युक्यासलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफूले टाइटल जित्ने विश्वास व्यक्त गरिन्। टाइटल जित्नेमा कत्तिको विस्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले  भनिन्, ‘प्रतियोगिता जित्न राम्री भएर मात्र पुग्दैन्। च्यारिटी लगायत बिषय बस्तुको पनि अध्ययन हुनु पर्छ मै सम्पूर्ण तयारी गरेकी छु। त्यसैको आधारमा पनि प्रतियोगितमा टाइटल हात पर्नेमा आशावादी छु।’

सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएको थियो। तिनै राउण्डको आधारमा अन्तिम ५० जना सुन्दरीहरुले फाइनलमा भिड्नेछन्।  

हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन्। भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन्।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन्। प्रतिष्ठाले परिवारको सहयोग र प्रेरणाको मिस इंग्ल्याण्डमा भाग लिएको बताइन्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्सको डिजाइन प्रतियोगिताका विजेता घोषित

गत पुसमा सुरु दी कलिस्डकोप– अखिल नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ को विजेता घोषणा गरिएको छ । ...

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रममा युवाको ठूलो आकर्षण

सोमस्र्वीद्धारा आयोजित कार्यक्रम "Sing with Sushant" मा सुशान्त केसीसँगको संगीतमय साँँझले "Sing with Sushant" मा युवा र संगीत प्रेमीहरुको ठूलो...

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ दोस्रो वार्षिकोत्सब

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। ...

Ncell Footer Ad