coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुख सरकारसँग डराएः देउवा

फाइल फाेटाे

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

सभापति देउवाले राष्ट्रिय संकटमा बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दावी पनि गरे। 

उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा प्रतिनिधिसभा बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाए। सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गरे।

विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढन आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाको भनाई थियो। तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो।’

प्रकाशित: ३० असार २०७६ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App