coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विपी राजमार्ग एकतर्फी खुल्यो

सिन्धुली– ६ दिनसम्मको लगातारको बर्षाले अवरुद्ध विपी राजमार्ग एकतर्फी खुलेको छ। बनेपा, सिन्धुली बर्दिबास सडक खण्डको ठाँउ/ठाँउमा खसेको पहिरोलाई पन्छाएर एकतर्फी सडक खुलाइएको हो।  दैनिक सयौ सवारीमा हजारौ यात्रु ओहोरदोहार गर्ने विपी राजमार्गमा जताततै पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग सुरक्षाकर्मी र स्थानियले एकतर्फी खुलाएपछि पुर्वी तराई सहित विभिन्न जिल्लामा आवातजावत गर्ने सवारी सोमबारबाट भने चलेका छन्। अविरल बर्षापछि खसेको पहिरो पन्छाउन दैनिक सुरक्षाकर्मी खटेपनि बर्षा नरोकिदा खुलाउन नसकिएको राजमार्ग सोमबारबाट भने खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

राजमार्गको पहिरो पन्छाउन जिल्लाका सुरक्षाकर्मीसहित स्थानीय लागि परेपनि आइतबार बेलुकाबाट एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 'पहिरो पन्छाउने काम हुदै छ', जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले भने, 'विपी राजमार्गको जताततै पहिरो गएकाले एकतर्फी मात्रै सवारी आवातजावत हुने गरि राजमार्ग खुलाइएको छ।' ६ दिन देखिकै बर्षा आइतबार रातभरी र सोमबार विहानसम्म परेको थियो।

निरन्तर पानी परेपछि पहिरो पन्छाउन निकै मुस्किल भएको प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जनाए।  राजमार्गको विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन स्काभेटर ब्रेकर सहितको प्रयोग भएको स्थानियले जनाएका छन्। विपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्ड अन्र्तगत माथिल्लो बारामा ठुलो पहिरो सहित सडकमा ठुला ढुङगा थुप्रिएकाले ब्रेकर लगाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई विष्णु बस्नेतले जनाए।

विपी राजमार्गको कमलामाई नगरपालिका २ भद्रकालीको सेल्फीडाडाबाट नेपालथोकसम्म पचास भन्दा बढी स्थानमा पहिरो खसेको र ती स्थानमा एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको प्रहरीको भनाई छ। 'हामी तीन दिन देखिनै दिनभर पहिरो पन्छाउनमै लागेका छौं', उनले भने 'आइतबार साझ ६ बजेसम्म एकतर्फी गाडी सञ्चालनमा ल्याएका हौ। तर अझै अवरुद्ध हुने संम्भावना छ।'

राजमार्गको सेल्फीडाँडा, खनियाखर्क, माथिल्लो बारा, खाल्टे नजिक, कमेरे तथा नेपालथोक खण्डमा ठुला पहिरो खसेको छ भने साना पहिरोहरु अनगिन्ती रहेका छन्। 'राजमार्ग पुर्ण सुचारु गर्न केहि दिन लाग्छ', प्रहरी प्रमुख सिंहले भने, 'जताततै पहिरो छ, हामी पन्छाउदै गर्दा पहिरो पनि झरीरहेको छ, रोकिएको छैन।'

प्रकाशित: ३० असार २०७६ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App