भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

सोमबार, ३० असार २०७६, १२ : ३० एजेन्सी

नयाँ दिल्ली– भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ। यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ।

चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रम हो। रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन्। सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको तयारी अन्तिम चरण थियो, तर आइतबार बिहान २.५१ बजे यान प्रक्षेपण कार्यक्रम एकाएक स्थगन गरियो। प्रक्षेपण काउन्ट डाउनलाई ५६ मिनेट २४ सेकेन्डमा स्थगित गरिएको थियो।

यान प्रक्षेपण गर्नु एक घण्टा अघि प्रक्षेपण उपकरणमा सानो प्राविधिक समस्या देखिएको भारतीय अन्तरिक अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ। इस्रोले चन्द्रयानको प्रक्षेपण आजका लागि स्थगित गरिएको भएपनि आवश्यक जाँचपछि अर्को मिति घोषणा गरिने बताएको छ। इस्रोले चन्द्रमामा अन्तरिक्ष यान आगामी सेप्टेम्बर ६ मा पु-याउने घोषणा गरेको थियो। स्कुले बालबालिका समेत ठूलो संख्याका उत्साही व्यक्तिहरु चन्द्रयान प्रक्षेपण हेर्न प्रतिक्षा गरेका थिए।

एक जना दर्शकले भने, के भएको हो हामीलाई थाहा छैन, र यसबाट हामी निकै बेखुशी भएका छौं। भारतले चन्द्रयानको डिजाइन र निर्माणका लागि करिब १४ करोड अमेरिकी डलर खर्च गरेको थियो, र यसलाई सबैभन्दा सस्तो मानिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानव सहितको अन्तरिक्ष अभियान सफल बनाउने दृढता व्यक्त गरेका छन्।रासस








यसमा तपाईको मत

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad